श्रीलङ्कामा रक्तपात हुने अपदस्त प्रधानमन्त्री विक्रमासिंघेको चेतावनी

श्रीलङ्कामा रक्तपात हुने अपदस्त प्रधानमन्त्री विक्रमासिंघेको चेतावनी

कोलम्बो । श्रीलङ्काका अपदस्त प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले संविधान विपरित राज्य नियन्त्रण गर्न खोजे रक्तपात हुने चेतावनी दिएका छन् । मुलुकमा सृजना भएको राजनीतिक तथा संवैधानिक संकट संवैधानिक तबरबाट नै समाधान गर्न उनले माग पनि गरेका छन् ।

निर्वाचित प्रधानमन्त्री विक्रमासिङ्घेलाई गत हप्ता राष्ट्रपति मैत्रीपाला सिरिसेनाले एकाएक बर्खास्त गरेको घोषणा गरेका थिए । उनको सट्टामा राष्ट्रपति सिरिसेनाले आफैँसँग राष्ट्रपतिमा प्रतिश्पर्धा गरेका पुर्वराष्ट्रपति महेन्दा राजापाक्षेलाई नियुक्त गरेका थिए ।

राष्ट्रपति सिरिसेना र अपदस्त प्रधानमन्त्री विक्रमासिङ्घेबीच केही विषयमा सुरु भएको विवादले राजनीतिक संकट निम्त्याउने सम्मको अवस्थामा पुयाएको हो । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

झपट रावल यसकारण सामाजिक अभियान्ता हुन्

भपट रावल एक आन्दोलनको नाम हो, परिवर्तनको नाम हो र भरोसायोग्य कम्यूनिष्ट युवा नेताको नाम हो । काठम...