वैदेशिक रोजगार विभाग शनिवार पनि खुला, तीन सय बढीको श्रम स्विकृति

Shram bivag

काठमाडौं । वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयले शनिबार पनि सेवा प्रदान गरेको छ ।
सार्वजनिक विदाको दिन भएपनि काठमाडौं कार्यालयले शनिबार बिहान १० बजे देखि अपरान्ह ३ बजे सम्म सेवा प्रदान गरेको हो ।

कार्यालयका अनुसार शनिबार ३ सय बढीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारीमा सेवाग्राहीको चाप अत्याधिक भएकाले शनिबार पनि कार्यालय खुल्ला गरि काम गरेको कार्यालयका निमित्त प्रमुख युवराज खतिवडाले जानकारी दिए ।

अन्य दिन बिहान ८ बजे देखि सांझ साढे ७ बजे सम्म सेवा प्रदान गर्ने गरेको भएपनि सार्वजनिक विदा भएकाले शनिबार बिहान १० देखि ३ बजे सम्म मात्रै सेवा प्रदान गरेको उनले बताए । विश्वका श्रम गन्तव्य भनि छानिएका मुलुकमा जाने नेपाली श्रमिकका लागि यस कार्यलयले श्रम स्वीकृति दिने गर्छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...