श्रीलङ्कामा संसद् बैठक नोभेम्बर ७ मा, राष्ट्रपति असन्तुृष्ट

श्रीलङ्काली सभामुख 2

कोलम्बो । श्रीलङ्काली सभामुखले यहाँको संसद्को बैठक यही नोभेम्बर ७ तारिखका लागि आह्वान गर्ने जानकारी शुक्रबार दिएका छन् । उनले शुक्रबार यहाँका सांसदहरुसँग बैठक गरेका थिए । सो बैठकपछि आगामी ७ नोभेम्बरमा संसद्को बैठक बोलाइने जानकारी दिएको बताइएको छ ।

यहाँका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भने यहाँको संसद् निलम्बन गरेका थिए। उनले नोभेम्बर १६ सम्मका लागि संसद् निलम्बन गरेको घोषणा यसअघि नै गरेका थिए ।

उक्त घोषणासँगै उनले श्रीलङ्काली प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अपदस्थ गरी श्रीलङ्काको प्रधानमन्त्रीमा यहाँका पूर्वराष्ट्रपति र वर्तमान संसद्का एकजना सदस्य महिन्दा राजपाक्छेलाई नियुक्त गरेका थिए ।

प्रधानमन्त्रीमा राजपाक्छे नियुक्तिसँगै श्रीलङ्कामा राजनीतिक सङ्कट गहिरिएको थियो । विक्रमासिंघेले आफू नै प्रधानमन्त्री भएको र आफूले संसदबाट विश्वासको मत लिने बताएपछि राष्ट्रपति सिरिसेनाले संसद् नै निलम्बन गरिदिएका हुन् ।

संसद्मा प्रतिनिधित्व गर्ने ११८ जना सदस्यसँग शुक्रबार सभामुखले बैठक गरेको संसदीय समितिका प्रवक्ता कारु जयासूर्यले जानकारी दिए। श्रीलङ्काको संसदमा २२५ सदस्य छन् । उनले भने, ‘बहुमत सदस्यहरु ९११८० जनासँग सभामुखले शुक्रबार बैठक गर्नुभएको छ र बहुमत सदस्यहरुले संसदको बैठक बोलाउन आग्रह गर्नुभएको छ, त्यसैले सभामुखले संसद् बैठक बोलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।’

‘यति धेरै संसद् सदस्यले आग्रह गरेपछि उहाँहरुको आग्रहलाई सभामुखले नकार्न मिल्दैन, त्यसैले नोभेम्बर ७ मा संसद् बैठक बोलाउने तयारी गर्नुभएको छ’, प्रवक्ता जयासूर्यले भने। तर राष्ट्रपति सिरिसेनाले भने संसदको बैठक नबोलाउन सभामुखलाई भनेका थिए । सभामुखले उनको आग्रह अस्वीकार गर्दै संसद्को बैठक बेलाउने तयारी गरेका हुन् । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...