सरकारविरुद्ध मखुण्डो धारनसहितको प्रर्दशन

Nirmala

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको १०० दिन पुगेको छ । तर दोषि अझै पत्ता लाग्न सकेको छैन । हत्यारालाई पक्राउ गर्न नसकेपछि सरकारविरुद्ध युवाहरुले शुक्रबार काठमाडौंमा मखुण्डो धारन गरेर प्रर्दशन गरेका छन् । सरकार विरुद्ध कञ्चनपुरमा पनि प्रदर्शन गरिएको छ ।

बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कडा कार्वाही गर्न माग सरकारलाई दवाव दिँदै शुक्रबार साँझ काठमाडौंको नयाँ बानेश्वारमा मखुण्डो धारन गरेर सरकारविरुद्ध युवाहरुले प्रर्दशन गरेका हुन् ।

निर्मलालाई न्याय दिन सरकारविरुद्ध मखुण्डो धारन गरेर प्रर्दशन गर्नु परेको प्रर्दशनमा सहभागीहरुले जानकारी दिए । त्यस क्रममा सरकारले निर्मलाको हत्यारालाई पत्ता लगाउन चासो नदिएको चित्रणसहितको सडक नाटक समेत प्रर्दशन गरिएको थियो ।

एक हातमा राष्ट्रिय झण्डासहित मखुण्डो धारन गरेका प्रर्दशनकारीहरुले ‘प्रहरी, प्रमाण मेटाउन हो कि जुटाउन’ भनि सरकारसँग प्रश्न पनि गरेका थिए । उनीहरुले निर्मलालाई न्याय नदिएसम्म आफूहरुको प्रर्दशन जारी रहने चेतावनी पनि दिएका थिए ।

गत श्रावण १० गते बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनामा संलग्न दोषीलाई पक्राउ गरी अझै कार्वाही गर्न नसकेपछि सरकारविरुद्ध देशभर विरोध प्रर्दशन जारी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...