अग्नी विपद् न्यूनिकरण सचेतना कार्यक्रम सुरु

Fire fighter

काठमाडौं । तिहारमा आगलागीका घटना अत्यधिक हुने गरेको छ । आगलागीका घटना न्युनीकरण गर्न सरकारले विभिन्न प्रयासहरु गर्दै आएको छ । काठमाडौं उपत्यकामा अग्नी विपद् न्यूनिकरण सचेतना कार्यक्रम सुरु गरिएको छ ।

आगोबाट हुने विपद् व्यवस्थालाई सहज बनाउने उद्देश्यले काठमाडौं महानगरपालिका जुद्ध बारुण यन्त्रको आह्वानमा शुक्रबारदेखि साताव्यापी अग्नी विपद् सचेतना कार्यक्रम सुरु गरिएको हो ।

शुक्रबार विहान बसन्तपुरस्थित जुद्ध बारण यन्त्रको कार्यालय परिसरमा कार्यक्रमको शुभारम्भ गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आगोबाट हुने विपद् न्यूनिकरणका लागि सहज बनाउन सचेतना कार्यक्रम सरु गरिएको स्पष्ट पारे । उनले आगो र आगोजन्य बस्तुबाट आईपर्ने विपद् व्यवस्थापनका लागि सधैं तयार रहन सबै वडाका विपद् व्यवस्थापन समितिलाई पनि सचेत गराए ।

काठमाडौं महानगरपालिकाले तिहारमा प्रज्वलनशील पटकालगायतका बस्तुहरु पड्काउने गरेपछि त्यसलाई समेत नियन्त्रण गर्न सघाउ पुर्याउने उद्देश्यले हरेक वर्ष अग्नी विपद् न्यूनिकरण सचेतना कार्यक्रम तिहारको मुखैमा आयोजना गर्दै आएको छ ।

काठमाडौं उपत्यकामा वर्षेनी तिहारका बेला धेरै आगलागीका घटना हुने गरेको विभिन्न तथ्यांकहरुले देखाएको छ । गत वर्षको तिहारमा पनि काठमाडौं उपत्यका भित्र १ सय १४ वटा आगलागीको घटनामा दमकल प्रयोग गरिएको थियो । आगलागिसहितको विपद व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाको हरेक वडामा विपद् व्यवस्था समिति नै गठन गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...