सडकको खाल्डा दुई महिना भित्र पुर्न सरकारको निर्देशन

Pradhan mantri karyalaya

काठमाडौं । सरकारले काठमाडौंको सडकको खाल्डा दुई महिना भित्र पुरी सक्न मातहतका निकायलाई पुनः निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले शुक्रबार सम्बन्धित निकायसँग कामको समीक्षा गरी काठमाडौंस्थित सडकको खाल्डा २ महिना भित्र पुरी सक्न निर्देशन दिएको हो ।

काठमाडौंको सडकको खाल्डाखुल्डी २ महिना भित्र पुरी सक्न मातहतका सबै निकायलाई पुनः निर्देशन दिइएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए । बैठकले सडकको उचित व्यवस्थापनका लागि काम भए/नभएको अनुगमन गरी तत्काल निर्देशन दिन समन्वयात्मक संयन्त्र बनाउने निर्णय पनि गरेको छ ।

सम्बन्धित मन्त्रालयका अधिकारीहरु रहने संयन्त्रले कामको अनुगमन गरी आवश्यक्ता अनुसार तत्काल निर्देशन दिने पनि प्रमुख राजनीतिक सल्लाहकार रिमालले जानकारी दिए ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले काठमाडौंको खाल्डाखुल्डी पुर्ने काम पूरा नभएसम्म त्यसको अनुगमन र निर्देशनको कामलाई जारी राख्ने पनि स्पष्ट पारेको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले काठमाडौंको सडक व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन सबै खालका प्रयास जारी राख्ने बताए ।

गत चैत्र ४ गते बसेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय बैठकले काठमाडौंको सडकको उचित व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिएको थियो । आजको बैठकमा त्यसयताको कामको समीक्षा पनि गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...