मोटरसाईकल चोरी गर्ने तीन प्रहरी पक्राउ

Motor cycle thief

काठमाडौ‌ । मोटरसाइकल चोरी गर्ने नेपाल प्रहरीका तीन जवान समातिएका छन्।

महानगरीय प्रहरी प्रभाग पुल्चोकमा कार्यरत प्रहरी जवान वासिङटन घर्ती र दीपेन्द्र शाही र महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत इन्द्रजित कडरियालाई प्रहरीले चोरी भएको मोटरसाईलकसहित पक्राउ गरेको हो ।

उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो। उनीहरुले बा ५७ प २५९९ नम्वरको मोटरसाइकल चोरी गरेको खुलेको छ ।

सिसि टिभीको दृश्य विश्लेषणपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले उक्त मोटरसाइकल ५ कात्तिकमा चोरी गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...