सवारी दुर्घटना, एकको मृत्यु, एक जना घाइते

Accident jpg

काठमाडौं । लैनचौरस्थित खानी विभाग अगाडिको सडकमा मंगलबार विहान ६ बजे माइक्रो बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

महानगरीय प्रहरी वृत दरबारमार्गका अनुसार बा २ ख २०६८ नं.को माइक्रो र बा ६४ प ९२८४ नं।को मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक नुवाकोट टुपचे-७ का अन्दाजी २८ वर्षिय प्रकाश तामाङको मृत्यु भएको छ ।

यस्तै मोटरसाइकल पछाडि सवार सोह्रखुट्टे बस्ने सजु थापा घाइते भएकी छिन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

माइक्रो चालकलाई महानगरीय प्रहरी वृत दरबारमार्गले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...