भिरबाट जीप ५ सय मिटर तल खस्यो, एकको मृत्यु

Accident

जाजरकोट । कुखे गाउँपालिका–५ खुर्पामा मंगलवार बिहान जीप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने, एक जना गम्भिर गाईते भएका छन् । घुम्ती सडकमा मोड्न खोज्दा जीप दुर्घटना भएको हो ।

खुर्पा गाउँवाट आज विहानै भे। १ ज। ५५७ नम्बरको जीप लक्ष्मी माध्यामिक विद्यालय, खुर्पामा वल्डिङका लागि जेनेरेटर बोकेर आएको जीप मोडवाट खसेर झण्डै ५ मिटर तल पुगेको प्रत्यक्षदर्शी दलबहादुर सिंहले वताए ।

उक्त जीप चालक रुकुम पश्चिम बाँके जिउला घरभएका कमल नेपालीको घटना स्थलमै मृत्यु भएको छ भने, बाँके जिल्ला घर भएका नुर आलम गम्भिर घाईते भएका छन् ।

घाईते आलमलाई जाजरकोट अस्पताल तर्फ ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख रविन्द्रबहादुर सिंहले जानकारी दिए । घाईतेको अवस्ता गम्भिर रहेको वताईएको छ ।

पाँचकाटिया प्रहरीचौकीवाट प्रहरी टोली घटना स्थलमा पुगि घटना स्थलको जाँचबुझ गरिरहेको वताईएको छ । झण्डै ५ सय मिटर तल खसेको जीपको ईन्जिन लगाएतका अन्य पाट्सहरु धुजा–धुजा भएको वताईएको छ

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...