माटोको ढिस्कोले पुरिएर छोरीको मृत्यु, बाबु घाइते

Dhisko

गाईघाट । उदयपुरको चौदण्डी नगरपालिका हँडिया-९,अजगरामा ढिस्कोले पुरिएर एक युवतीको मृत्यु भएको छ ।

नजिकैको जंगलमा माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा स्थानीय २० वर्षीया सम्झना चौधरीको सोमबार मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उनी खेतमा धान राख्ने खला लिप्ने माटो लिन गएकी थिइन् । सँगै गएका चौधरीका बुवा तिलककराम चौधरी भने ढिस्कोले लागेर सख्त घाइते भएका छन् ।

अहिले घाइते तिलकरामको हँडिया स्वास्थ्यचौकीमा उपचार भइरहेको उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले जानकारी दिए ।

घटनास्थल हँडिया अजगरादेखि पाँच किलोमिटर उत्तर पहाडी क्षेत्रको जंगलमा भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस