केटीहरुले ब्रेकअपपछि गर्ने अनौठा व्यवहार

Mahila photo

काठमाडौं । आफूले धेरै माया गरेको मानिसलाई छोड्नुपर्ने धेरै कारण हुन्छ, जसमा एक–अर्कालाई नबुझ्दा र अरुले लगाएको कुरा माथि सजिलै बिश्वास गर्नु प्रमुख कारण हो । भन्निछ प्रेम र माया लगाउन केहि गर्नुपर्दैन, जहाँ मानिस हुन्छ त्यहाँ प्रेमको आभास हुन्छ ।

प्रेमको सुरुवातमा आँखा लगाउनु, माया लाग्नु, प्रेम व्यक्त गर्नु, साथै हिड्नु, रिस उठाउनु र त्यसपछि ब्रेकअप हुनु धेरै प्रेमी–प्रेमीकाको कथा यस्तै तरिकाले समाप्त हुन्छ । सामान्यतया, ब्रेकअपपछि, केटा र केटीले एकअर्कासँग दुरी बढाउने र बिर्सिने प्रयास गर्छन् । तर प्रेमीकाले अनौठौं कुराहरु गर्छिन् ।

सपिङ 
समान्यता ब्रेकअपपछि, धेरै केटीहरू समय सामान खरिदमा लगाउँछिन । तनाव कम गर्नका लागि आफूलाई सपिङमा व्यस्त राख्ने गर्छिन । तिनीहरूमध्ये केहीले त आफूसँग भएको पूरै रकमको सपिङ गर्छिन ।

रातीमा साथीसँग कुराकानी
अबेर रातिसम्म रक्सी चुरोट प्रयोगपछि केटीले आफ्नो भूतपूर्व प्रेमीलाई कल गर्दै बितेको कूराहरुलाई व्यक्त गर्छिन र फोनमा कुराकानी गरेर भूतपूर्व प्रेमीलाई तनाव दिनेसम्म पनि कार्य गर्छिन ।

भूतपूर्व प्रेमी के गर्दैछन्
ब्रेकअपपछि, केटीहरूको भूतपूर्व प्रेमी अहिले के गर्दै हुनुहुन्छ भनेर जान्ने पनि जिज्ञासा हुन्छ कि उनको अरुसँग अफेयर त चल्दै छैन रु फेसबुक, व्याट्सप, भाइवर, इमो र इन्स्टाग्रामको स्ट्याटस हेर्ने पनि उनीहरूको एक महत्वपूर्ण दैनिकी बनेको हुन्छ ।

सामाजिक संजालमा एकाएक सक्रिय
ब्रेकअपपछि, केटीहरू सामाजिक सञ्जालमा अचानक सक्रिय हुन्छन् । आफ्नो नयाँ प्रोफाईल तस्विर परिर्वतन गर्नु, शायरीहरु शेयर गर्नु पार्टी फङ्सनको फोटोहरू साझा गर्नेमा व्यस्त हुन्छिन् ।

पहिरनको बारेमा सजग
ब्रेकअपपछि, धेरै केटीहरु आफ्नो पहिरन चाल–चलन माथि विश्वास र भरोसा हटिसक्छन् जसकारण केटीले समय समयममा आफूले लगाएका लुगा, मेकअपका बोरमा साथीहरुसँग सोधिरहन्छिन् । आफ्नो पहिरन र प्रस्नालिटी राम्रो होस् भन्ने प्रमाणित गर्नमा व्यस्त हुन्छिन् ।

नयाँ पार्टनर खोज्दै
ब्रेकअपपछि, नयाँ साथी, नयाँ प्रेमीको खोजी कार्य पनि शुरु हुन्छ । तिनीहरूले हरेक केटालाई आफ्नो जीवन साथीका रुपमा हेर्न थाल्छिन् । तर आफ्नो भूतपूर्व प्रेमी जस्तो भेट्न सक्दैनन् भनेर पनि ढुक्क हुन्छिन् ।

ब्लक–अनब्लको खेल
बे्रकअपपछि, फेसबुकमा, व्याट्सप, भाइवर, इमो र इन्स्टाग्राम जस्ता समाजिक संजालमा र मोबाइलमा ब्लक अनब्लक गर्ने दैनिक जागिर जस्तै नै बनिहाल्छ ।

प्रतिकृया दिनुहोस