आफ्नै पत्नीको हत्या गरी फरार युवक पक्राउ

Arrest

काठमाडौं । आफ्नै पत्नी हत्या गरी फरार रहेका युवक पक्राउ परेको छ ।

पत्नी लक्ष्मी परियारको हत्या गरी फरार रहेका खोटाङ बराहपोखरी गाउँपालिका-६ मौवाबोटेका २२ वर्षिय अनिल परियारलाई महानगरीय अपराध महाशाखाको टोलीले पोखरा महानगरपालिका-७ माछापुच्छ्रे टोलबाट पक्राउ गरेको हो ।

गत भदौ १२ गते काठमाडौंको बसुन्धराको स्पीड गेस्ट हाउसको कोठा नंं. १०१ मा बस्ने परियारले पत्नी १८ वर्षकी लक्ष्मी परियारको हत्या गरेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार उनले पत्नीको हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका छन् ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-७ घर भई हाल बोहराटार बस्ने लक्ष्मीको शव भदौ १५ गते भेटिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...