धनगढीले विराटनगरलाई दियो १ सय ८३ रनको चुनौती

Nepali

पोखरा । एक्स्पट धनगढीले विराटनगर टाइटन्सलाई १ सय ८३ रनको चुनौती दिएको छ ।

पीपीएल क्रिकेटमा टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रन बनायो । धनगढीका लागि पीडी ट्रेगोले ५३ रनको योगदान दिए ।

कप्तान दिपेन्द्रसिंह ऐरिले २९, सन्दीप जोरा १२ रनमा आउट भए । सौरभ खनालले ४१ रनको बिष्फोटक पारी खेले । खनालले १३ बलमा २ चौका र ५ छक्का हाने । विराटनगरका जीतेन्द्र मुखियाले ४ विकेट लिए । मुखियाले ४ ओभर वलिङ गरेर ४९ रन दिए । विराटनगरका सुनिल धमला, सन्दीप लामिछाने, किशोर महतो र मोहम्मद जाहिदले समान एक एक विकेट लिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...