रुघाखोकीले च्यापेको प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, बालुवाटारमै मन्त्रिपरिषद बैठक

Kp oli 5 587x500

काठमाडौं । अस्वस्थ भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा केही सुधार आएको छ । उनलाई शुक्रबारबाट रुघाखोकीले च्यापेको छ ।

सोही कारण शनिबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा समेत सहभागी हुन नसकेको प्रधानमन्त्री ओलीको स्वास्थ्य शनिबारको तुलनामा आइतबार केही सुधार आएको उनको सचिवालयले जनाएको छ ।

ओलीको सचिवालयका अनुसार रुघाखोकीले सताएपछि प्रधानमन्त्री ओलीलाई चिकित्सकले आराम गर्न सुझाव दिएअनुसार ओली बालुवाटरमै आराम गरिरहेका छन् । शनिबारको तुलनामा आइतबार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही सुधार आएको छ ।

यद्यपी ओलीको स्वास्थ्यअवस्थाबारे प्रधानमन्त्रीको सचिवालयले अहिलेसम्म कुनै आधिकारिक वक्तव्य जारी गरिसकेको छैन ।

प्रमको स्वास्थ्यमा सुधार आएसँगै आइतबार दिउँसो साढे ३ बजे बालुवाटारमै मन्त्रिपरिषद बैठक बोलाएको प्रधानमन्त्री ओलीका प्रेश संयोजक चेतन अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...