बोलीमा लगाम नभएका यी मन्त्रीहरु, कसले के बोले ?

Manttika kura

काठमाडौं । बेलाबेला सेलिब्रेटीहरु चर्चामा आउन पनि बेसुरका कुरा गरिरहेका हुन्छन् । उनीहरुको एउटै मात्रै उदेश्य भनेको सधैं चर्चामा रहिरहुँ भन्ने हो । तर, नेपालमा राजनीतिज्ञहरु पनि यस्ता छन्, जो आफुले के बोलिरहेको छु भन्ने पत्तै पाउँदैनन् ।

वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरु पदीय मर्यादाको ख्याल नगरी अन्टसन्ट बोल्न व्यस्त छन् । त्यही भएर पनि उनीहरु आलोचनाका पात्र बन्ने गरेका छन् । त्यसरी अन्टसन्ट बोलेकै कारण केही मन्त्रीहरु परिवर्तन हुने संकेत पनि देखिएको छ ।

आफ्ना हरेक गतिविधिलाई जनताले निगरानी गरिरहेका हुन्छन् भन्ने कुरा कुनै पनि मन्त्रीले ख्याल गरेको देखिँदैन । अधिकांश मन्त्रीहरुले सर्वसाधारणले सोधेको प्रश्नको ओठे जवाफ फर्काउनेबाहेक खासै उत्साहजनक काम गर्न सकेका छैनन् ।

यसले नेपाली नेताहरुको विश्वासनीयतामाथि प्रश्न उठाइदिएको छ । त्यति मात्रै होइन, उनीहरुलाई बोलीको लगमा लगाउने कुनै निकाय नै छैन जस्तो भान पनि पर्न थालेको छ । प्रस्तुत छ, पछिल्ला केही समयमा प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरुले बोलेका केही प्रतिनिधि भनाई यहाँ प्रस्तुत गरिएको छ ।

प्रधानमन्त्री केपी ओली : निर्मला पन्तको बलात्कार(हत्याको अभियुक्त पत्ता लाग्न १२ वर्ष लाग्न सक्छ ।

गृहमन्त्री रामबहादुर थापा : डा.गोविन्द केसी अधिनायकवादी हुन् । पूँजीवादले बलात्कार बढायो । बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ ।

शिक्षामन्त्री गिरीराजमणि पोखरेल : चिकित्सा शिक्षा अध्यादेश पारित नहुनुको दोषी डा.गोविन्द केसी नै हुन् ।

सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्तोला : मन्त्रीलाई पत्तै नदिइ निर्णय गर्ने तपाईं को हो रु तुरुन्त निर्णय सच्याउनुस् ।

उद्योगमन्त्री मातृका यादव : चिनीको मात्र किन, सबै उपभोग्य बस्तुको मूल्य तपाईंहरु नै तोकिदिनुस् । न्यूजमा भ्यूज घुसाएर समाचार बनाउने पत्रकारहरु अपराधी हुन् ।

मुख्यमन्त्री शंकर पोखरेल : कांग्रेसले गल्ती गर्ने, हामीले जवाफ दिँदै हिँड्नु पर्ने ?

मुख्यमन्त्री पृथ्वीसुव्बा गुरुङ : ‘रेडलाईट’ एरिया तोकेर पर्यटक भित्र्याउनुपर्छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही : कर्णाली प्रदेशमा फेसबुकरट्वीटर बन्द गर्छु ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...