१० कक्षाको परीक्षा दिँदै १२ वर्षिय छात्रा

12 szbal3gp5k

काठमाडौं । भारतको पश्चिम बंगाल माध्यमिक शिक्षा बोर्डले १२ वर्षकी एक छात्रालाई आउने वर्षको १० कक्षाको परीक्षामा सामेल हुन इजाजत दिएको छ । उनलाई बाहीरी विद्यार्थीका हैसियतमा इजाजत दिइएको हो ।

सैफा खातुन नाम गरेकी ती केटी अहिलेसम्म विद्यालय गएकी छैनन् । उनले घरमा नै आफ्नो सबै पढाई गरेकी थिइन् । अब उनले आउने वर्ष सीधै बोर्डको परीक्षा दिनेछिन् ।

बोर्डका अध्यक्ष कल्याणमय गांगुलीले सैफा खातुन गएको अगस्त महिनामा विद्यालयबाहिरका विद्यार्थीका लागि राखिएको योग्यता परीक्षामा भाग लिएको बताएका छन् । त्यस परीक्षामा उत्तीर्ण भएका कारण उनलाई यो अवसर प्राप्त भएको हो ।

गांगुलीका अनुसार १० कक्षाको बोर्ड परीक्षाको दुइ दशकको इतिहासमा अभूतपूर्व तथ्य हो ।

बंगाल बोर्डको यो परीक्षामा सामेल हुन कम्तीमा १४ वर्ष पुगेको हुनुपर्छ तर सैफा भने १२ वर्षकी मात्र छिन् ।

हावडा जिल्लाकी खातुनले योग्यता परीक्षामा ५२ प्रतिशत अंक ल्याएकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...