बेमौसमी विवाहमा पण्डितले लगाए अंकुस !

Bemausami bibaha

काठमाडौं । पहिले विवाह गर्न निश्चित महिना र साइत जुर्नु पथ्र्याे । तर, पछिल्ला केही वषएयता विवाह गन न साइत नै जुर्नुपर्छ नत महिना नै । तर अब फेरि त्यो हट्ने भएको छ ।

अबदेखि भदौ, असोज, कात्तिक, पुस र चैत महिनामा पनि साइत निकाल्दै विवाह गराएपछि कर्मकाण्ड बेमौसमी हुने भएकाले यी महिनाहरुमा महिनामा विवाह नहुने भएको छ । पण्डितहरूले यी बेमौसमी महिनामा विवाह गर्न नपाउने संहिता बनाएका छन् ।

देशभरका पण्डितको पाँचौं सम्मेलनमा सहभागी पण्डितहरुको शनिबार सम्पन्न सम्मेलनले १५ बुँदे घोषणापत्र जारी गर्दै बेमौसमी विवाहमा रोक लगाएको हो ।

सम्मेलनमा पण्डितहरूको आचरण, अध्ययन, कर्मकाण्डी तरिका, लोभलालच, अल्पज्ञान र अनावश्यक निर्णय तथा निर्देशन गर्ने विषयमा गहन ढंगले आवाज उठेपछि यस्तो निर्णय गरिएको घोषणापत्रका संयोजक एवं संस्कृतिविद् श्रीकृष्ण अधिकारीले बताए ।

राष्ट्रिय धर्मसभा नेपालले आयोजना गरेको सम्मेलनबाट जारी घोषणापत्रमा अबदेखि बेमौसी विवाह गर्नुलाई अपराधकै संज्ञा दिइएको छ । साथै सो सभामा सहभागी अधिकांस पण्डितहरुले पछिल्ला दिनमा अर्धज्ञान भएका पण्डितहका कारण बदनामी हुन थालेकोमा चिन्तासमेत व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...