प्याब्सनका पूर्व महासचिव मास्केको मस्तिष्कघातबाट निधन

सीताराम मास्के

काठमाडौं । शिक्षासेवी, निजी तथा संस्थागत विद्यालय सङ्गठन (प्याब्सन)को पूर्व महासचिव एवं नेकपाका पुराना कार्यकर्ता सीताराम मास्केको शनिबार निधन भएको छ । माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारत रहेका मास्केको आज दिउँसो ३ः३० बजेतिर मस्तिष्कघातका कारण निधन भएको नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले जानकारी दिए ।

मस्तिष्कघातका कारण एक महीनाअघि उनी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । मास्केको आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय धूम्रबाराहीमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने महासङ्घका अध्यक्ष थापाले बताए । ६७ वर्षीय मास्केका तीन छोरा र श्रीमती छन् ।

अमेरिकामा रहेका उनका दुई छोरा फर्केपछि सोमबार मात्र दाहसंस्कार हुने भएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका संस्थापक कोषाध्यक्ष रहेका मास्केले सरकारी शिक्षकबाट निवृत्त भएपछि निजी शैक्षिक संस्था खोलेका थिए ।

स्वयम्भूस्थित जलजला शिशु सदनमा उनी सञ्चालक रहेका थिए । विसं २०४२ मा भएको काठमाडौं महानगरपालिका निर्वाचनमा उनलार्ई नेकपा (माले)को तर्फबाट प्रमुखको उम्मेदवार रहेका थिए ।

मास्के राष्ट्रिय खेलकूद परिषद्को उपाध्यक्ष समेत रहेका थिए । तेह्रथुममा जन्मिेका उनी हाल काभ्रेस्थित नमोबुद्धमा बस्दै आएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...