अरुको भोगाईबाटै यसरी लागिन् कमला उत्पीडनविरुद्ध

Kamala nepali

काठमाडौं । सबै कुरा भोग्नुपर्छ भन्ने छैन र सबै भोगेकै हुनुपर्छ भन्ने पनि छैन । तर, अरुको भोगाई पनि प्रेरणाको स्रोत बन्छ । कमला नेपालीका लागि अरुको भोगाई नै प्रेरणाको स्रोत बनेको छ ।

पत्याउन गाह्रो पर्छ के साच्चै कमला नेपालीले आफुले अहिलेसम्म नै छुवाछूत भोगैकै छैनन् भन्ने सुन्दा । तर, यो सत्य हो । अहिलेसम्म उनी आफैंले चाँही जातीय भेदभाव भोग्नुपरेको छैन । अरुको भोगाईबाट पीडित भएको महसुस गरेकी छन् ।

उनी सोलुुम्बु जिल्लाको मुक्ली दुधकौशिका गाउँपालिकामा ४१ वर्षअघि जिन्मएकी थिइन् । उनको जिल्लामा त्यति बेला पनि खासै छुवाछूत थिएन र अहिले पनि छैन । तर पनि अरुले भोगेका जातीय उत्पीडनले उनलाई सधैं पोलिरह्यो । त्यही भएर उनी अहिले समाजमा रहेको विद्यमान जातीय उत्पीडनको जालो च्यात्न कम्मर कसेर लागिपरेकी छन् ।

बुवा आमा सिलाई काम गर्ने, आर्थिक अवस्था पनि राम्रै थियो । ससुरा ब्रिटिस आर्मी हुनुहुन्थ्यो । आर्थिक अवस्था कमजोर नभएकाले होला सायद उनको परिवारले त्यतिबेला पनि खासै विभेद भोग्नु परेन । ‘अहिले आफुले भोगेको भोग्नुपरेको छैन’ उनले भनिन्, ‘समाजमा दलित समुदायले भोगेका पीडा देखेका कारण पनि जातीय विभेद अन्त्यका लागि लागेको हुँ ।’

उनी नेपालको पर्यटकीय क्षेत्र माइती लुक्लामा जन्मिइन् । विवाह गरेपछि मात्रै छुवाछूतबारे राम्ररी ज्ञान भयो । उनको भोगाईमा जातीय जनजाति बस्तीमा छुवाछूत कम हुन्छ । आजसम्म छुवाछूत भोग्नुपरेको छैन ।

उनी अहिले दलित एकता सञ्जालमार्फत जातीय उत्पीडनको विरुद्ध आवाज उठाइरहेकी छन् । उनी दलित एकता सञ्जालको नवनिर्वाचित प्रथम उपसंयोजक पनि हुन् । दलित एकता सञ्जालमा रहेर घरेलु हिंसा विरुद्ध काम गर्दै आएकी छन्, गरिव दुःखीलाई सहयोग गर्दै आएकी छन् । त्यति मात्रै होइन, स्वतन्त्र दलित महिला समाज नेपालको अध्यक्ष पनि हुन् उनी । यसले सीपमुलक कार्यक्रम गरिरहेको छ ।

उनी समाजको काममा भनेपछि हुरुक्कै हुनिछन् । सानैदेखि समाज सेवामा लाग्ने रुची थियो । उनलाई आफु भोकै बसेर पनि समाज सेवा गर्न आनन्द आउँछ । समाज सेवा गर्दा धेरै समस्या आउँछन् । ज्यानको बाजी पनि राख्नुपर्छ । जुन उनले पनि भोगेकी छन् ।

उनले आफ्नै पहलमा दलित बालबालिकालाई निःशुल्क पढाउन मद्यत गरिन् । अहिले ७ जना दलित बालबालिका निःशुल्क रुपमा पढिरहेका छन् । अन्य जातिकालाई व्यक्तिलाई पनि त्यसरी नै सहयोग गरिरहेकी छन् । ती लगायत समाजमा पुर्‍याएको योगदानको कदर गर्दै नवनारी मासिक पत्रिकाले आफ्नो ११ औं वार्षिक उत्सवमा यो वर्षको १० जना उत्कृष्ठ महिलाभित्र पारेर सम्मान गर्‍यो ।

यस्तो छ राजनीतिक यात्रा
उनी राजनीतिक हिसावले नेपाली कांग्रेसमा आवद्ध छिन् । उनी नेपाली कांग्रेसको भगिनी संगठन नेपाल दलित संघको काठमाडौं क्षेत्र नं. ३ को क्षेत्रीय सभापति पनि हुन् ।

हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ५ नयाँ बस्तीमा बसोबास गर्दै आएका कमला नेपाली सानै उमेरदेखि राजनीतिमा लागेकी थिइन् । तर, उनले कुनै जिम्मेवार पद भने लिइनन् । उनको २०५० सालमा विवाह भयो । त्यसपछि पारिवारिक घेराभित्रै रुमालिइन् । २०६० सालपछि मात्रै उनी राजनीतिमा क्रियाशील बन्न पाइन ।

राजनीतिको पहिलो पाटो समाज सेवा हो । उनी त्यही समाजबाट राजनीति गर्न चाहन्छिन् । समाजमा रहेको गरिवी, असमानता र अशिक्षालाई तोड्न चाहन्छिन् ।

‘मुख्य रुपमा आर्थिक रुपमा सवल बनाउने हो भने मात्र समाजलाई अघि बढाउन सकिन्छ’ उनले भनिन्, ‘दलितका लागि पहिलो कुरा नै शिक्षा हो, दलित समुदायलाई शिक्षित बनाउन सके मात्र दलितहरु राज्यको मूलधारमा ल्याउन सकिन्छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...