अपडेट : सवारी दुर्घटनामा डिआईजी र पत्रकारसहित तीनको मृत्यु

Kavre durghatana

काठमाडौं । नेपाल प्रहरीका डिआईजी शुसील भण्डारीको दुर्घटनामा मृत्यु भएको छ । काभ्रेमा शनिबार भएको जिप दुर्घटनामा डिआईजी भण्डारी सहित तीन जनाको मृत्यु भएको हो ।

काभ्रेको मण्डनदेउपुर नगरपालिका–६, गैह्रीबिसौना, भागेटारमा बा३च २८७ नंम्बरको टोयटा जिप शनिबार दिउँसो सडकबाट पाँच सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार दुर्घटनाम घाइते डिआईजी भण्डारीको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । डिआइजी भण्डारी प्रहरी प्रधान कार्यालयको अन्वेषण शाखामा कार्यरत थिए । उनी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका ब्याचमेट हुन् ।

दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । नमोबुद्ध नगरपालिका १० बस्ने २५ वर्षीय जीवन पराजुली र सोही स्थानका ४४ वर्षीय विनोद कार्कीको घट्नास्थलमै मृत्यु भएको हो ।

प्रहरी प्रवक्ता सुवेदीका अनुसार दुर्घटनामा सशस्त्र प्रहरीका पूर्व डिएसपी बिनोद गौतम, सिताराम हुमागाईं र प्रदिप बोगटी गम्भीर घाइते बनेका छन् । घाईतेहरुको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ । घटनास्थल धुलिखेलबाट ३० किलोमिटर उत्तरमा पर्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...