‘सुपरस्टार खेलाडी रोनाल्डोलाई आराम दिने बेला भएको छैन’

Ronaldo 4

काठमाडौं । इटालियन कलब युभेन्टसका प्रशिक्षक मासिमिलिआनो एलेग्रीले आफ्ना सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई आराम दिने बेला भइनसकेको बताएका छन् ।

शनिबार लिगमा इम्पोलीविरुद्धको खेलअघि पत्रकार सम्मेलनमा बोल्दै उनले रोनाल्डो शतप्रतिशत फिट रहेकाले उनले विशेष अवस्थाबाहेक सबै खेल खेल्ने बताए ।

शनिबार अवे मैदानमा १८औं स्थानको इम्पोलीसँग हुने खेलमा पत्रकारले ‘रोनाल्डोलाई आराम दिइन्छ’ भनेर सोधेको प्रश्नमा एलेग्रीले अहिले नै त्यो समय नआएको बताए । ‘रोनाल्डोलाई आराम हैन, अहिले नै यो समय भइसकेको छैन,’ उनले भने, ‘रोनाल्डो फिट छन् । र, उनी खेल्न आतुर छन् । अवश्य पनि, उनी टोलीमा हुनेछन् ।’

एलेग्रीले रोनाल्डोले इटालीमा आफूलाई क्रमशस् लयमा ढाल्दै गएको उल्लेख गर्दै उनी अब चाँडै नै उत्कृष्ट फर्ममा फर्किने बताए । ‘रोनाल्डो आफ्नो लयमा आउँदैछन्, म खुसी छु,’ उनले भने, ‘हामीले उनीबाट सुरुमै धेरै अपेक्षा गरेका पनि थिएनौं । अब उनले आफूलाई प्रमाणित गर्छन् ।’

एलेग्रीले रोनाल्डोको ध्यान च्याम्पियन्स लिगअन्तर्गत सेप्टेम्बर ८ मा हुने म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा केन्द्रित रहेको पनि बताए । ‘रोनाल्डो लिगमा मेहनत गरिरहेका छन् । यो अर्को हप्ता हुने युनाइटेडविरुद्धको खेलको तयारी पनि हो,’ उनले भने ।

युभेन्टस आज लिगको १०औं खेल खेल्न इम्पोलीको घरमा उत्रिँदैछ । खेल नेपाली समयअनुसार राति पौने १० बजेबाट सुरु हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...