प्रतिबन्धित पटका बरामद

Padka

कञ्चनपुर । कञ्चनपुरको पश्चिमी नेपाल–भारत सीमा क्षेत्रबाट पाँच सय थान पटका बरामद गरेको छ ।

शनिबार बिहान सशस्त्र प्रहरी बल ३५ नम्बर गण मझगाउँ कञ्चनपुरको टोलीले भीमदत्त नगरपालिका ११ चौतिसाता क्षेत्रबाट ठुलो परिमाणमा प्रतिबन्धित पटका बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक बिनोदराज श्रेष्ठले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको गस्तीका क्रममा भारतदेखि नेपाल तर्फ भित्र्राईरहेका पटाका बरामद गरिएको बताए ।

उनका अनुसार सशस्त्र प्रहरी बलले तिहारका बेला सीमा क्षेत्रमा हुनसक्ने अपराधिक कृयाकलाप र प्रतिबन्धित वस्तु र भन्सार छलीका विभिन्न समान नेपाल भित्र्रिनसक्ने भएकाले सशस्त्रले नियमित गस्ती गरिरहेको छ ।

‘सशस्त्रको टोली चौकिसातामा पुग्दा पटका ल्याउदै गएका व्यक्ति समान छोडेर फरार भए, ‘उनले भने, ‘छोडेर गएको समान पुरै पटका रहेछ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...