सुरु भयो नेकपाको चियापान, डा. भट्टराईलाई एउटै खाममा ४ वटा कार्ड

Nekapa kochiyapan

काठमाडौं । ‘सत्तासीन कमरेडहरू, एउटै खाममा ४ वटा शुभकामना/निमन्त्रणा कार्ड पठाउनु भएकोमा धन्यवाद !

तपाईंहरू सबैको भलो होस्, हाम्रो पनि शुभकामना ! गरीब देशको सर्वहारावर्गको दुहाइदिने पार्टीले ५० हजारलाई भोज ख्वाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेको भए राम्रो हुन्थ्यो कि ? त्यसैले म आउन सकिनँ ! जय होस !’

यो स्टाटस डा. बाबुराम भट्टराईले आज सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गर्ने भनिएको नेकपाले विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा शनिबार भृकुटीमण्डपमा चियापान कार्यक्रमप्रतिको व्यंग्य थियो ।

नयाँ शक्ति पार्टी पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्रीसमेका डा. भट्टराईले बिहान आफ्नो ट्वीटमा यो स्टाटस पोष्ट गरेपछि निक्कै तरंग ल्याएको छ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पार्टी एकतापछि पहिलोपटक भृकुटीमण्डपस्थित बगैँचामा गर्न लागेको चियापानमा पार्टीले करीब ५० हजारलाई निम्ता गरेको छ । यसलाई डा. भट्टराईले उनले सर्वहारावर्गको दुवाइ दिने पार्टीले ५० हजारलाई भोज खुवाउने नसुहाउने आशयले निक्कै व्यांग्य गरेका छन् ।

चियापान कार्यक्रम सुरु भइसकेको छ । ५ बजेसम्म गरिने कार्यक्रममा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’का नामबाट निमन्त्रणा गरिएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पार्टी एकतापछि पहिलोपटक भृकुटीमण्डपस्थित बगैँचामा गर्न लागेको चियापान गर्न लागेको हो ।

सो चियापानमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राजनीतिक दलका नेताहरू, मन्त्री तथा सांसदहरू, संवैधानिक अंगका पदाधिकारीहरू, सरकारका उच्चपदस्थ पदाधिकारीहरू, सुरक्षा निकायका पदाधिकारीहरू, राजपाका नेतादेखि नेत्रविक्रम चन्द ‘विप्लव’लाई समेत निमन्त्रणा गरिएको छ ।

यस्तो छ कार्यतालिका
दिउँसो १२ देखि ३ बजेसम्म पार्टीका नेता—कार्यकर्ता र आम जनसमुदायलाई र दिउँसो ३ बजेदेखि ५ राजनीतिक दलका नेताहरू, मन्त्री तथा सांसदहरू, संवैधानिक अंगका पदाधिकारीहरू, सरकारका उच्चपदस्थ पदाधिकारीहरू, सुरक्षा निकायका पदाधिकारीहरू लगायतलाई निमन्त्रणा गरिएको छ ।

नेपालस्थित विदेशी कूटनीतिज्ञ नियोगका प्रमुख तथा प्रतिनिधिहरू, सेवानिवृत्त पदाधिकारीहरू, विभिन्न पेसा तथा समुदायका विशिष्ट व्यक्तित्वहरू लगायतलाई पनि ३ बजे पछाडि नै आमन्त्रण गरिएको छ ।

नेकपाको चियापानमा सहभागी हुनका लागि भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)का महासचिव सीताराम यचुरी केही दिनअघि नै काठमाडौं आइसकेका छन् ।

यस्तो छ व्यवस्थापन
चियापानमा सर्वसाधारणका लागि ४ वटा कक्ष र विशिष्ट व्यक्तिका लागि अतिविशिष्ट कक्ष बनाइएको छ ।

विदेशी कूटनीतिज्ञलाई अन्तरक्रिया गर्ने हिसाबले कक्षको निर्माण गरिएको छ । राजनीतिक दल, सांसद र संवैधानिक अंगका पदाधिकारीलाई दलका उपनेता सुवास नेम्बाङ र सचेतक देव गुरुङले व्यवस्थापन गर्नेछन् ।

चियापान कार्यक्रमलाई व्यवस्थित बनाउनसुरक्षाकर्मीसहित युवा संघ र वाइसिएसल कायृकर्ता पनि परिचालन गरिएका छन् । भृकुटीमण्डपमा झण्डै ३ सय स्वयंसेवक परिचालन गरिएको छ ।

भृकुटीमण्डपमा चियापान कार्यक्रम भएकाले शनिबार प्रदर्शनी मार्गको सडक बन्द गरिएको छ । चियापानका लागि राष्ट्रिय सभागृह र भृकुटी मण्डपको खाली मैदानमा पार्किङको व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...