खसोग्गी हत्या प्रकरण : साउदी अरबविरुद्ध आक्रमक बन्यो अमेरीका

साउदी भन्छ, खसोग्गीका हत्यारालाई कठघरामा उभ्याइन्छ

Journalist khagosti

काठमाडौं । साउदीमा वासिङ्गटन पोस्टका पत्रकार जमाल खसोग्गीको हत्या भएपछि साउदी अरबविरुद्ध अमेरीका आक्रमक बनेको छ ।

साउदीविरुघ आक्रामक बनेको अमेरिकाले पहिलो पटक साउदी अरबमाथि कारबाही थाल्दै त्यहाँका २१ अधिकारीको अमेरिकी भिसा बन्द गर्न लागेको छ ।

अमेरिकी विदेश विभागका अनुसार २१ जन साउदी अधिकारीको पहिचान भएपछि उनीहरुको भिसा रद्द गर्न लागिएको हो । उनीहरुको भिसा भविष्यमा फेरि कहिले जारी हुने छैन ।

एर्दोगानले खसोग्गीको हत्या साउदी दूतावासमा भएको खुलासा गरेका थिए । यसको योजना २८ सेप्टेम्बरमा बनाइएको थियो । खसोग्गीको शवको टुक्रा इस्तान्बुलस्थित साउदी राजदूतको घरको बगैँचाबाट बरमद भएको थियो । उनको २ अक्टोबरमा इस्तान्‍बुलस्थित साउदी महावाणिज्य दूतावासमा हत्या भएको थियो ।

विदेश मन्त्री माइक पोम्पियोले यो प्रतिबन्ध अन्तिम नभएको जनाउँदै अझै कडा कदम चाल्ने पनि जनाउ दिएका छन् । घटनाक्रमबारे थप खुलासा भएपछि अन्य कारबाही चलाइने उनले बताएका छन् । एक पत्रकारविरुद्ध अमेरिका कुनै पनि प्रकारको हिंसाबारे मौन नबस्ने उनले बताएका छन् ।

यता, साउदी अरेवियाले भने खशोग्गीको हत्यारालाई कठघरामा उभ्याइने बताएको छ । पत्रकार जमाल खशोग्गीको हत्यारा जोबाट भएको भए पनि उसलाई कडा कानूनी सजाय हुने साउदी अरबले जनाएको छ ।

मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार खशोग्गीको हत्यामा सम्लग्न जो कोही भएपनि उसलाई कानूनी दायरामा ल्याइनेछ ।’

राज्य सञ्चालित एसपिए न्यूज एजेन्सीलाई प्राप्त मन्त्रीपरिषद् बैठकपछि सरकारले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘साउदी अरबले सत्यतथ्य पत्ता लगाउन सम्भावित उपायहरूलाई अवलम्बन गरेको छ र घटनामा प्रत्यक्ष वा परोक्ष रूपमा सम्लग्न सबैलाई कानून बमोजिम सजाय दिइनेछ ।’

खशोग्गीको इस्तानबुलस्थित साउदी अरबेली महाबाणिज्य दूतावासमा गत अक्टोबर २ मा हत्या गरिएको थियो । तर उक्त हत्या कसले र के उद्देश्यले गरेको थियो अझै अनुसन्धानको प्रक्रियामा रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...