कृष्णनगरमा तनाव, चन्द्रौटामा धार्मिक सद्भावसहित सराय जात्रा

Chandrauta ma sadvab yatra

कपिलवस्तु । शुक्रबारदेखि कपिलवस्तु जिल्लाको कृष्णनगर धार्मिक द्धनद्धले तनावग्रस्त छ, आइतबारदेखि कफ्यु छ । तर कपिलवस्तुकै चन्द्रौटामा भने सोमबार वृहत सराय जात्रा निकालिएको छ ।

दसैंको त्रियोदशीको दिनमा कपिलवस्तुको पश्चिम क्षेत्र शिवराज नगरपालिकाको चन्द्रौटामा धार्मिक सद्भावसहित दसैंको सराय जात्रा निकालिएको हो ।

घटस्थापनाको दिन पुजा आजा सहित राखिएको दुर्गा भवानीको हातहतियार आज पञ्चेबाजासहित खुकुरी, तरबार र खुँडा नचाई एकापसमा जोडिएर वाखै हो भन्दै सराय नाच नाच्ने गरिन्छ ।

चन्द्रौटाको दुर्गा मन्दिरबाट विगत एक दशक यता यो सराय नाच नाच्न लागिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तारा पौडेलले बताउँछन् । खास गरी पहाडी जिल्लाहरुमा मनाइने सराय जात्रा विस्तारै तराईका जिल्लाहरुमा पनि मनाइन थालिएको छ ।

पहाडका विभिन्न जिल्लाबाट बसाइसरी आएकाहरुले चन्द्रौटा क्षेत्रमा पनि पहाडी जिल्लामा जस्तै दसैंको बेला नाच्ने सराय जात्राले यहाँ बसोबास गर्ने सम्पूर्णमा सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न सराय जात्राले महत्वपूर्ण भूमिका खेलेको पौडेलले जनाए ।

सोमबार दिउँसो दुर्गा मन्दिरबाट निकालिएको सराय चन्द्रौटा बजार परिक्रमा गर्दै कृष्णनगर रोडमा रहेको कर्णेश्वरी मन्दिरमा पुगी त्यहाँबाट फुलपाति लिएर पुनः बजार परिक्रमा गर्दै राष्ट्रिय मावि पछाडीको जवाई नदीमा फुलपाती सेलाउने गरिएको छ । साथै घटस्थापनाको दिन स्थापना गरिएको देवता दुर्गा मन्दिरमा भित्र्याइने गरिएको छ ।

महान पर्वको अवसरमा चन्द्रौटामा गरिने सराय जात्राले यस क्षेत्रमा वसोबास गर्ने समुदायहरुमा भारइचाराको सम्वन्ध स्थापित हुने शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले बताइन् ।

दसैंको मनोरञ्जन मात्रै नभईसंस्कृति परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न पनि यस्ता संस्कृति धार्मिक जात्राहरु गर्नु आवश्यक रहेको स्थानीय बताउँछन् । हजारौं भक्तजनहरुको सहभागितामा भएको सराय जात्रा जवाइ नदीमा लगेर विर्सजन गरी समापन भएको थियो ।

प्रतिकृया दिनुहोस