कपिलवस्तुको कृष्णनगरमा हिन्दु र मुस्लिमबीच झडप, नियन्त्रण गर्न हम्मेहम्मे

Krishnagar kapilwastu

कपिलबस्तु । कपिलवस्तुको कृष्णनगरमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको छ ।

शनिबार हिन्दुहरुले दुर्गा भवानीको मुर्ति सेलाउने क्रममा मुस्लिमहरुको जामे मस्जिद नजिक राखिदिएपछि एकाएक कृष्णनगरमा तनावग्रस्त बनेको हो ।

अहिले सो क्षेत्रको स्थिती तनावग्रस्त छ । शनिवार हिन्दुहरुले मस्जिद नजिकै दुर्गा भवानीको मुर्ती सेलाउन खोजेपछि सो क्षेत्रका मुस्लिमहरुले मस्जिद अगाडी नसेलाउन आग्रह गरेका थिए ।

सोही क्रममा हिन्दु र मुस्लिम समुदायबीच केही बेर झडपसमेत भएको थियो । अहिले सो क्षेत्रमा तनावग्रस्त भएपछि जिल्ला प्रहरी कार्यालय तौलिहवाबाट थप सुरक्षाकर्मी पठाइएको छ ।

सो क्षेत्र मुस्लिम बाहुल्य क्षेत्र पनि हो । उनीहरुले सो मस्जिद अगाडी दुर्गा भवानीको मूर्ति सेलाउन नदिन ‘एक घर एक मुस्लिम’ मिलेर प्रतिकार नै गरेका थिए । शनिबार भएको सो झडपमा झण्डै २५ जना घाइते भएको बताइएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...