दसैंमा पनि भत्ता नपाउँदा निरास बने जेष्ठ नागरिक

Jestha nagarik

बाजुरा । सरकारले प्रतिनिधि र प्रदेश सरकारको निर्वाचनका बेला हालको नेकपाले सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्‍याउने घोषणा गरेको थियो । तर, दसैंमा पनि भत्ता नपाउँदा यहाँका जेष्ठ नागरिक निरास बनेका छन् ।

बाजुराको बूढीनन्दा नगरपालिकाले यस आर्थिक वर्षको पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले दसैंमा पनि भत्ता पाएनन् । नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले यस वर्षको दसैं खल्लोसँग मनाएका छन् ।

हरेक वर्ष दसैंको बेलामा प्रथम चौमासिक भत्ता दिइने गरिएको भए पनि यस वर्ष नगरपालिकाले सामाजिक सुरक्षा भत्ता दिएन । स्थानीय सरकार आएपछि सामाजिक सुरक्षा भत्ता पाउन सहज होला भन्ठानेका ज्येष्ठ नागरिकले स्थानीय तहले लापरवाही गरेर ज्येष्ठ नागरिक, बालबालिका र अन्य सामाजिक सुरक्षाभत्ता पाउनेको सेवासुविधामा खेलबाड गरेको गुनासो गरेका छन् ।

बूढीनन्दा नगरपालिकामा करीब १ हजार २ सय ज्येष्ठ नागरिक, एकल महिला र बालबालिकाका लागि प्रतिचौमासिक करीब एक करोड १० लाख सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...