आज कस्तो होला तपाईंको भाग्य ? थाहा पाउन हेर्नुस् राशीफल

Surya dev rasifal sunday

मेष : हासखेल र मनोरञ्जनमा समय मिलाउन सकिने छैन । गर्नैपर्ने विशेष काम छुट्न सक्छ । दैनिक काममा बाधा आए पनि साझपख अनुकुल समय छ ।

वृष : समाजको नेतृत्व गर्नुपर्ने समय छ । साथीभाइसङ्ग रमाइलो गरेर दिन बित्ने छ । जग्गा जमिनबाट फाइदा मिल्ने छ ।

मिथुन : अध्यात्म र दर्शनप्रती मन आकर्षित हुनेछ । मान्यजनको आशिर्वाद प्राप्त हुनेछ । सामाजिक हितमा मन जानेछ ।

कर्कट : बोलीको बिपरित अर्थ लाग्न सक्ने भएकाले सचेत रहन जरुरी छ । शरीर भारी र मन अस्थिर हुन सक्छ । बाटो काट्दा वा यात्रा गर्दा होशियारपूर्वक  हिड्न जरुरी छ ।

सिंह : प्रेममा सफलता मिल्नेछ । बिशिस्ट ब्याक्तिको सहयोग मिल्नाले काम गर्न सजिलो हुनेछ ।

कन्या : सामान्यतया झैझगडा र वादविवादमा फस्नु राम्रो हुने छैन । दैनिक काम लथालिङ्ग हुनेछन् । बन्द ब्यापारमा राम्रै छ ।

तुला : मुखमा सरस्वती बसेको दिन हुनाले काममा ध्यान दिनु होला । आजको दिन चिन्तन मननमै बित्नेछ 

बृश्चिक : काम धन्दा प्रयासमा ढिलोगरी मात्र काम बन्नेछ । घर गृहस्थीमा धेरै समय खर्चिनु पर्ने दिन छ । 

धनु : राजनीतिक र सामाजिक काममा लगानी गर्नुपर्ने दिन आएको छ । आम्दानीमा कमि आउने छैन । अरुको भलाइमा लाग्नुपर्ने छ ।

मकर : वस्त्र र आलंकारिक खरिदको योग छ । कुनै नयाँ ठाउँमा लगानी गर्ने अवसर मिल्ने छ ।  धनागमनको संकेत मिल्नेछ ।

कुम्भ : ब्यापारिक वा दैनिक कामहरू सन्तोषजनक रूपमा बित्नेछ । दानपुण्य क्षेत्रमा लगानी हुनेछ । राम्रो अवसर प्राप्त हुने भएकोले मन              दोधार नबनाउदा राम्रो हुनेछ ।

मीन : सानातिना सरसामान हराउन वा चोरी हुन सक्छ । ठुलो मनोकाङ्क्षा राखेर धन लगानी गर्नु उपयुुक्त हुनेछ । 

प्रतिकृया दिनुहोस