मानिसको भिडमा रेल जोतिदा ६० को मृत्यु, सयौं घाइते

 103933846 c54770d4 cc34 4721 9a0e 4a526a818943 20102018084653 600x0

काठमाडौ । भारतको पन्जावस्थित अमृतसारमा एउटा रेलले किच्दा ६० जनाको मृत्यु भएको छ । सयौं मानिस घाइते भएका छन् ।

हिन्दु धर्मका पौराणिक पात्र रावणको पुत्ला जलाएको हेर्न भेला भएका मानिस रेलको लिग छेउमा बसेका थिए । शुक्रबार भएको सो मेला हेर्न भेला भएका मानिस लिगमा बसेकै बेला रेल आएर किचेको थियो । 

साझको समयमा सो घटना भएका कारण मृतकको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

मेला हेर्नेहरुले भिडको आवाजले रेल आएको आवाज नसुनिएको बताएका छन् ।

प्रतिकृया दिनुहोस