आज दसैंको दोस्रो दिन यस्तो छ तपाईंको भाग्य

Rashi sanibar sanidev vagawan

मेष : आज ऋणको भार पर्न सक्छ । सचेत रहनु बेश होला । साथीभाइको सहयोग भने पाइने दिन छ ।

बृष : घरायसी कामको जिम्मेवारी बढ्ने छ । सोचेको कुरा नपुग्न पनि सक्छ । यसले निराश परे पनि आत्तिनु पर्ने अवस्था छैन ।

मिथुन : भाग्यमा वृद्धि हुनेछ । रोकिएका केही काम बन्नेछन् । मनमा हर्ष बढ्ने छ । तर, साझपख खल्लो हुन सक्छ ।

कर्कट : मनमा निरासा छाउने छ । अनेक झन्झट आउँदा मनमा खिन्नता आउने छ । बन्द ब्यापार खासै राम्रो छैन ।

सिंहा : बिहानको समय राम्रो छ । सोचेको कुरा पूरा हुनेछन् । सामाजिक काममा सरिक भइएला । रमाइलोसङ्ग दिन बित्ने छ ।

कन्या : आत्म बिश्वास बढ्नेछ । यात्राको योग परेको छ । तर, यात्रा गर्दा अलिक होसियारी अपनाउनु पर्नेछ ।

तुला : सामाजिक काममा सहभागी बन्नुपर्ने छ । आफन्तको सहयोगले काम गर्ने जोस बढ्ने छ । नयाँ समाचार सुन्न पाइनेछ ।

वृश्चिक : ब्याबसाय गर्नेका लागि आज त्यति राम्रो मानिएको छैन । अरुको लागि समय दिनुपर्दा आफ्नो काम बिग्रने अवस्था आउन सक्छ । 

धनु : पशुपालन र कृषिजन्य कामले धेरै फाइदा दिनेछ । सल्लाहले गरेको कामले ठिककै खालको उपलब्धि दिनेछ ।

मकर : मिष्ठान्न भोजनमा सरिक भइनेछ । स्वास्थ्यमा सामान्य समस्या आउन पनि सक्छ । आज गरेको कामले सफलता मिल्ने अवस्था छैन ।

कुम्भ :  आज दिनभर परोपकारी काममा लाग्नाले मनमा सन्तुष्टि मिल्नेछ । तर, जोसमा होस गुम्ने खतरा पनि छ । सचेत रहनु आवश्यक छ । 

मीन : परिवारमा मेलमिलाप नहुदा मनमा बिरक्त भावना आउनेछ । मन चन्चल हुनेछ । साथिभाइको पनि सहयोग मिल्ने छैन ।

प्रतिकृया दिनुहोस