टीका लगाउने शुभसाइत ठिक ९:५१ मा

Dashain teeka

काठमाडौ । हिन्दुहरुको महान चाड बिजय दशमीको दसौ दिन आज उत्साहका साथ मनाइदैछ ।

आज दसैंघरमा प्रतिपदाका दिन प्रतिस्थापनका दिनदेखी गरिएको पुजाआरधना आज विषर्जन गरिन्छ । आज शक्तिस्वारुपाको विशेष पुजा गरिन्छ ।

भगवान श्री रामले रामणलाइ पराजित गरि बिजय प्राप्त गरेको दिनको रुपमा मानिन्छ । त्यही खुशियालिमा आफन्त र आफू भन्दा ठुलाको हातबाट टीका लगाउने चलन छ ।

आज टीका लगाउन बिहान ९:५१ बजेको साइत उत्तम रहेको नेपाल पन्चाङ्ग निर्णय समितिले जनाएको छ । तर, अशक्त, अपांग र रोगीका लागि शुभसाइत कुर्नु पर्दैन ।

हिन्दु नेपालीले कोजागत पुर्णिामाको दिनसम्म आफन्तको हातबाट टीका लगाउने परम्परा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...