२४ लाखले छोडे उपत्यका, सुनसान बन्यो सडक

Ghantaghar

काठमाडौ । दसैं मान्न यो साल काठमाडौ उपत्यकाबाट झन्डै २४ लाख मानिस बाहिरिएका छन् ।

महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाका हुँदै २४ लाख मानिस दसै मान्न घर गएका छन् । 

काठमाडौ उपत्यकाको कोटेश्वर, थानकोट, बालाजु, दक्षिणकाली लगायतका नाका हुँदै दसै मान्न घर गए । यो तथ्यांक टिकट काटेर जानेको हो । निजि सवारीसाधन प्रयोग गरेर पनि मानिस उपत्यका छाड्नेको संख्या पनि उत्तिकै छ ।

लाखौं मानिसले दसैं मान्न उपत्यका छाडेपछी उपत्यका सुनसान झस्तै बनेको छ । निजी सवारीसाधन पर्याप्त चलेको भए पनि यात्रु बहाक सवारीसाधन भने कम चलेका छन् ।

हिन्दुहरुले दसैंलाई विशेष चाडको रुपमा मान्ने गर्छन् । त्यसैले अन्य चाडको तुलनामा दसैंमा सरकारले लामो समय बिदा दिने गर्छ । तर, यो वर्ष भने सरकारले ५ दिन मात्रै सार्वजनिक बिदा दिएको छ ।

यो वर्ष घटस्थापनाको दिन पनि सरकारले बिदा दिएन । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...