कुन नेताले कहाँ कसरी मनाउँदै छन् दसैं ? यस्तो छ नेताका दसैं

Neta ka dasai

काठमाडौं । हिन्दुहरुको महान चाड दसै भित्रिसकेको छ । दसैंको रमझम पनि सुरु भइसकेको छ । दसैंका बेला सरकारले फूलपातिदेखि टीकाको भोलिपल्टसम्म पाँच दिन सार्वजनिक बिदा दिएको छ ।

दसैंको रौनकताले सबैलाई छोइसकेको छ । घरभन्दा टाढा हुने अधिकांश दसैंको टीका थाप्न घर फर्किने क्रम जारी नै छ । सर्वसाधरणको दसैं त निक्कै व्यस्त रहनछ भने सधैं राजनीतिमा दौडधुप गर्ने राजनिितक दलहरुका नेताहरुले कसरी मनाउँदै छन् त दसैं ?

अरुबेला निक्कै व्यस्त हुने प्रधानमन्त्रीदेखि मन्त्रीहरू प्रशासनिक कामदेखि कार्यक्रममा समेत जानु नपर्ने भएकाले पनि फुर्सदिला बन्छन् । दसैंको समयमा प्राय नेताहरु भेटघाटमै रमाउँछन् । राजनीतिक कार्यक्रमम खासै हुँदैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दसैं काठमाडौं बाहिर नै मनाउने भएका छन् । उनी दसैंको अघिल्लो दिन गृहजिल्ला झापा पुग्ने छन् । त्यहाँ उनी चियापान कार्यक्रम गरी शुभकामना आदानप्रदान गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमनत्री ओली गृहजिल्ला झापामै दसैंका टीका थाप्नेछन् । ओलीले योपटकको दसैं झापाली कार्याकर्तासँग बसेर रमाइलो गर्दै मनाउने छन् ।

पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल भने शोकमा परेका छन् । अघिल्लो वर्ष छोरा प्रकाशको मृत्यु भएका कारण प्रचण्डले यो सालको दसैं मनाउन पाउँदैनन् । तर सधैं राजनीतिक दौडधुपमै व्यस्त हुने दाहाल यस पटक दसैंमा निवासमै परिवारसँग बिताउने योजनामा छन् ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंमै दसैं मनाउने छन् । उनले पार्टी सभापतिका हैसियतमा टिकाका दिन आफ्ना कार्यकर्तालाई घरैमा टिका लगाइदिने छन् ।

नेकपाकै अर्का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि यो सालको दसैं काठमाडौंमै मनाउने छन् । उनले दाजु (साइलो बुबाको छोरा) को हातबाट टीका थाप्नेछन् । कार्यकर्तासँग पनि उत्तिकै भेटघाट हुनेछ ।

राप्रपाका अध्यक्ष कमल थापाले काठमाडौंमै दसैं मनाउँदै छन् । थापाले दाइ नेत्रबहादुुरको हातबाट टीका थाप्नेछन् । एकीकृत राप्रपा (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि काठमाडौंमै दसैं मनाउने भएका छन् । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा भने दसैं मनाउन देशबाहिर जाने भएका छन् ।

गृहमन्त्री रामबहादुर थापा गृहजिल्ला चितवन जाने कार्यक्रम छ । नेकपा महासचिव विष्णु पौडेल भने दसैंका बेला गण्डकी प्रदेशको राजधानी पोखरामा हुनेछन् । नेता नारायणकाजी श्रेष्ठ फूलपातीका दिनसम्म गोरखामा रहनेछन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको दसैं भने अरू नेताको भन्दा बेग्लै छ । उनी लामो तीर्थयात्रामा जाने भएका छन् । असोज ३१ गते पौडेल भारतको गया पुग्नेछन् ।

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले काठमाडौंमा दाइ प्रकाश कोइरालाको हातबाट टीका थाप्नेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...