दशैंका लागि घुस रकम असुल्नेको दशैं अख्तियारको हिरासतमा

Akhiyar

काठमाडौं । घुससहित समातिएका र विभिन्न अनियमितताका आरोपमा पक्राउ परेका प्रहरी तथा कर्मचारीले अहिले अख्तियारको हिरासत नै भरिएको छ ।

पछिल्लो समय हरेका दिनजसो कर्मचारीहरु घुससहित पक्राउ परिरहेका छन् ।

कतिपय त दसैंका विदामा अदालत बन्द भइसकेपछि पनि पक्राउ परेका छन् । आइतबार एक उपसचिव, एक इन्सपेक्टर र एक सिपाही पक्राउ परेका छन् ।

अदालत घटस्थापनादेखि नै बन्द हुने भएकाले अख्तियारको हिरासतको चाप बढेको छ।

हिरासत भरिएपछि पक्राउ परेकाहरुलाई अख्तियारले प्रहरी कार्यालयका हिरासतहरुमा समेत राख्ने गरेको छ । दसैं खर्चका नाममा घुस र असुल्नेहरुसमेत पक्राउ परेको अख्तियार प्रवत्ता रामेश्वर दंगाल बताउँछन् ।

डिएसपी र सहसचिवको दसैं थुनामै
अख्तियारको हिरासतमा दसैं मनाउनेहरूमा डिएसपीदेखि सहसचिवसम्म छन् ।

उच्च सरकारी वकिलको कार्यालय पोखराका सहन्यायाधिवक्ता (सहसचिव) सुरेन्द्रबहादुर थापादेखि डिएसपी श्यामकुमार राईको दसैं अख्तियारको हिरासतमै बित्ने भएको छ ।

सहन्यायाधिवक्ता थापा पाँच लाख रुपैयाँ घुस सहित यही असोज २४ गते पक्राउ परेका थिए । महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी राई भने असोज २० गते १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...