आज कालरात्रिकोे पूजा–आराधना गरिँदै, आजै फुलपाती भित्र्याइने

Saptami dasai

काठमाडौं । बडादशैंको सातौं दिन आज धार्मिक परम्परा अनुसार फूलपाती भित्र्याइँदैछ । नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप नवरात्रको सातौं दिन नवदुर्गाको सातौं रूप कालरात्रिकोे पूजा–आराधना गरिन्छ ।

उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, जयन्ती, धानका बाला, अशोकका पात, अदुवाको बोट र फलफूल आदि नयाँ पालुवालाई फूलपातीका रुपमा आजै शुभ साइतका प्रतीक मानी दुर्गा भवानीको प्रतिमा राखिएको दशैंघरबाट विधिपूर्वक भित्र्याउने काम गरिन्छ ।

केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका वनस्पतिलाई नवपत्रिका भनिन्छ । यी नौवटा वनस्पति भित्र्याई नवदुर्गालाई स्नान गराउने र प्रत्येक पत्रहरूमा विभिन्न देवीहरूको पूजा गरिन्छ ।

कालरात्रिको स्वरूप भयंकरको छ । कालो वर्णकी र केश फिँजाएकी यिनले गलामा विद्युत जस्तै चम्किने माला लगाएकी छन् । तीन आँखा भएकी कालरात्रिले बारम्बार निश्वास लिने गर्छिन् । त्यसबाट अग्निको ज्वाला उत्पन्न हुन्छ ।

चार भुजा भएकी यिनले तरवार र खड्ग धारण गरेकी छन् । स्वरूप डरलाग्दो भए पनि कालरात्रिले भक्तहरूलाई सदैव कल्याण गर्छिन् भन्ने विश्वास गरिन्छ ।

भगवतीका अन्य मन्दिरहरुमा पनि आजै फूलपाती भित्र्याइन्छ । परम्परा अनुसार गोर्खा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती आजै हनुमानढोकास्थित दशैंघरमा भित्र्याइन्छ । सो फूलपातीलाई गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरका पुजारीसहित ६ जना मगर जातिका पुजारीले र त्यहाँदेखि जमलसम्म काठमाण्डौंबाट गएका पुजारीले बोकेर ल्याउँछन् ।

हनुमानढोकाबाट हर्षबढाईंका साथ गएको लावालस्करले जमलमा राखिएको सो फूलपाती हनुमानढोकास्थित दशैंघरमा ल्याइन्छ । फूलपाती लिन ब्याण्डबाजा, गुरुज्युको पल्टन, पन्चैबाजा, सिंगारिएका कल्स्यौली, आशागुर्जाटोली, सांस्कृतिक नाचगानटोली, निजामती कर्मचारी, सैनिक र प्रहरीहरु सम्मिलित हुन्छन् ।

नेपाली सेनाद्वारा टुँडिखेलमा आयोजित बढाइँ समारोह सम्पन्न भएपछि जमलमा रहेको फूलपाती भित्र्याइन्छ । शक्तिपीठ तथा जमरा राखिएका दशैँघरमा महासप्तमीको बिहान वा दिउँसोको शुभसाइतमा नवपत्रिका भित्र्याइन्छ । यसलाई बोलीचालीमा फूलपाती भनिन्छ ।

महासप्तमीका दिन विद्याकी देवी महासरस्वतीको विशेष पूजा गरिन्छ । यस्तै भद्रकालीको आराधना पनि गरिन्छ । विभिन्न शक्तिपीठहरूमा पशुबलिसहितको पूजा पनि चल्छ । यो समयमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...