लाखौंको धनमाल डकैती, रोक्न खोज्दा घरका मान्छेलार्इ पनि कुटे

Chor money

सप्तरी । सप्तरीको खडक नगरपालिकामा लाखौंको धनमाल डकैती भएको छ ।

खडक नगरपालिका वडा नम्बर-७, कल्याणपुर बस्ने सुरतलाल साहको घरमा गएराति करिब २ बजेको समयमा ५-६ जनाको समूहमा आएका नकावधारी डाँका समूहले लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

हतियारसहित आएका डाँकाहरुले साहको घरबाट साढे १ केजी चाँदी र ३ तोला बराबरका सुनका गहना तथा १० हजार रुपैयाँ नगद गरी करिब ३ लाख रुपैयाँ बराबरको धनमाल लुटेर लगेको पीडितहरुले बताएका छन् ।

यसैबीच लुटपाटका क्रममा डाँकाहरुले साह र उनका छोरा पुरुषोत्मलाई कुटपिटसमेत गरेका छन् ।

यता लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी कार्य तीव्र रुपमा भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...