महिला प्रहरीमाथि सहकर्मी प्रहरीबाटै बलात्कार प्रयास

Rape 770x450

कपिलवस्तु । सहकर्मी प्रहरीबाटै जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक महिला प्रहरी बलात्कार प्रयासको शिकार बनेकी छिन् ।

गएको असोज २० गते राति १० बजे महिला प्रहरीमाथि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी जवान २१ वर्षीय भरत वलीले जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले जनाएको छ । घटना एक साता अघिको भए पनि अहिलेसम्म प्रहरीले घटनालाई गोप्य राखिएको थियो ।

जबरजस्ती करणीको प्रयास गरेको आरोप खेपेका प्रहरी जवान वली अहिले निलम्बनमा प्रहरी हिरासतमा रहेको प्रहरी नायव उपरीक्ष रवि रावलले बताए ।

प्रहरी नियन्त्रणमा रहेका प्रहरी जवान वलीलाई असोज २२ गते जिल्ला अदालतले जबरजस्ती करणी उद्योग मुद्धा अन्तर्गत अनुसन्धानका लागि ७ दिन थुनामा राख्न आदेश दिएको छ । पीडित महिला प्रहरीका श्रीमान्ले जवरजस्ती करणी उद्योगको मुद्धा अन्तर्गत प्रहरी जवान वली विरुद्ध किटानी जाहेरी दिए पछि मुद्धा प्रक्रिया अघि बढेको हो ।

राति करीब १० बजेको समयमा आफ्नै कोठा अगाडिबाट आफूलाई जबरजस्ती करणीको प्रयास गर्न खोज्दा आफूले प्रतिकार गरेर बचेको महिला प्रहरीले बताएको छ । महिला प्रहरीको प्रतिकार पछि वली त्यहाँबाट फरार भएका थिए ।

प्रतिकृया दिनुहोस