प्रहरी महानिरीक्षक खनालद्वारा ११ जना डिआईजीलाई दज्र्यानी चिन्ह प्रदान

Nepal police

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हालै बढुवा भएका ११ जना प्रहरी नायव महानिरीक्षक (डिआईजी)हरुलाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।

आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दज्र्यानी चिन्हद्वारा सुशोभन गरे । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

दज्र्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरुमा बिनोद शर्मा घिमिरे, विकाश श्रेष्ठ, ठाकुरप्रसाद ज्ञवाली, पूर्णचन्द्र जोशी, तारणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की, हरिभक्त प्रजापती र सुर्यप्रसाद उपाध्याय छन् ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पछिको योगदान अझै बढी हुने भएकोले नेतृत्व, निर्णय क्षमता, सांगठनिक दृष्टिकोणप्रति दृढ अडानका साथ काम गर्दै संगठनले गरेको अपेक्षा पुरा गर्न एक कदम अगाडि बढ्दै संगठनको खम्बा बनेर काम गर्न निर्देशन दिए ।

इमान्दार, सक्षम र उच्च मनोबलयुक्त प्रहरी कर्मचारीबाट नागरिकको सुरक्षाको कार्यभार प्रभावकारी बन्न सक्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले दसैं तिहार जस्ता चाडपर्वमा अवाञ्छित गतिविधि नियन्त्रण गर्नका लागि त्रुटी नआउने गरी काम गर्न निर्देशन दिए ।

आफ्नो क्षमता प्रदर्शन गर्दै आफ्नै खुट्टामा उभिनेका लागि संगठन सदैव साथमा रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले संगठनको नीति विपरित काम गर्ने कर्मचारी तत्काल सजायको भागिदार हुने बताए ।

नेपाल प्रहरीले लागू गर्न लागेको सामुदाय साझेदार प्रहरी अवधारणाले प्रहरी कार्यमा थप गतिशीलता ल्याउने विश्वास व्यक्त गर्दै उनले यसलाई आत्मसात गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले अपराध नियन्त्रण, अपराधको अनुसन्धान, प्रकोपको व्यवस्थापन तथा नागरिकको आधारभूत हक अधिकारको सम्मान, राष्ट्र र नागरिकको सुरक्षा तथा सेवा प्रवाह गर्ने कार्यमा जिम्मेवारी र जवाफदेहिता बढ्नुको साथै नयां ऊर्जा प्राप्त भएकोले सोही अनुरुप जिम्मेवारी बहन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...