तराई मधेशको क्षेत्रमा झिझियाको रौनक

Fb img

महोत्तरी । यो वर्ष पनि तराई मधेशको क्षेत्रमा झिझियाका गीतहरु सुन्न थालिएको छ ।

प्रत्यक्ष रुपमा सुन्न पाइन्छ । प्रत्येक वर्ष असोज महिनाको शुक्लपक्षको प्रतिपदा अर्थात् घटस्थापनाको दिनदेखि ग्रामिण भेगकी युवतीहरु सामूहिक रुपमा यस्ता गीतहरु गाएर एक आपसमा मनोरञ्जन गर्ने गर्दछन् ।

दसैं लागेपछि देवी दुर्गाबाट पराजित भएका दुष्ट आत्मा टोल बस्तीमा प्रवेश गरेर सर्वसाधारणलाई दुःख दिनसक्ने परम्परागत विश्वासका आधारमा त्यस्ता आत्मालाई प्रवेश गर्न नदिन मिथिलानीले रातिमा जाग्राम रही ग्राम देवता (ब्रह्म)लाई पुकार गर्दै गाउने गीत र नृत्यलाई झिझिया भनिने गरिएको छ । दसैं पर्व (नवरात्र) सुरु हुनासाथ यो गीत र नृत्य पनि प्ररम्भ हुन्छ, मिथिलाञ्चलमा ।

झिझिया नृत्यमा महिलाहरुले आ-आफनो टाउकोमा असंख्य स-साना प्वाल पारिएको माटोको गाग्रो (घैंटो) भित्र बत्ती बालेर एकजनाले फनफनी नाच्दै घुम्ने र अरुले गीत गाउँदै यो नृत्यको आनन्द लिने गरिएको गौशालाकी कविता कुमारी सिंहले बताए ।

यो पुरानो संस्कृति नयाँ पुस्ताका छोरी बुहारीले नअँगालेपछि यो लोप हुने स्थितिमा पुगेको सोनमा गााउँपालिकाका शिक्षक धर्मेन्द्र कुमार यादवले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...