एक महिलालाई बोक्सीको आरोपमा निर्घात कुटपिट

Kutpit 3l0ldjmnxr

सप्तरी । तिलाठी कोइलाडी गाउँपालिका वडा न. ८ तोपाकी एक महिलामाथि स्थानीयहरुले बोक्सीको आरोपमा निर्घात कुटपिट गरेका छन् ।

स्थानीय नारायण खंगका ८ वर्षीय छोरा महेशकुमार खंगको केही महिनाअघि मृत्यु भएको र बोक्सीले खाएको भन्दै रिसका कारण तोपाकी ४५ वर्षीया रामबत्तिदेवी खङ्गलाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरेका हुन् ।

नारायण खङ्ग र उनकी श्रीमती किसनीदेवी खङ्ग, छोरा, छोरी र बुहारीसमेत मिलेर हात खुटा बाँधी निर्घात कुटपिट गरेको पीडित महिलाले बताए । उनको श्रीमान दुई वर्षदेखि वैदेशिक रोजगारीमा मलेसियामा छन् ।

पीडित महिलाले यसअघि पनि उनीहरुले पटक–पटक आफूमाथि बोक्सीको आरोपमा कुटपिट गर्दै आएको बताए । कुटपिटबाट घाइते खङ्गको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भैरहेको घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...