धर्मको नाममा भट्टजी महाराजको ठगी व्यापार

Pandit

काठमाडौं । बालतपस्वीको नाममा भागवत् वाचन गर्दै हिँड्ने धादिङका एक पण्डितले एक महिलाबाट ६० लाख रुपियाँ ठगी गरेको रहस्य खुलेको छ ।

धादिङको ज्वालामुखी गाउँपालिका–४ ढोला स्थायी घर भएका उत्तम भट्टजी महाराज नाम गरेका उत्तम भट्टले नुवाकोट लिखु गाउँपालिका–५ घर भएकी होमकुमारी ओझाबाट ६० लाख रुपियाँभन्दा बढी ठगी गरेको खुलेको हो ।

धर्मप्रति लगावका कारण १०८ ठाउँमा महायज्ञ लगाउने चाहना बोकेर हिँडेकी ओझाको त्यही क्रममा उत्तम भट्टसँग चिनजान हुन पुग्यो ।

धादिङको परेवाटारमा धाम बनाउने उद्देश्यका साथ शुरू भएको महायज्ञमा लगानी गर्दै ओझाले घरखेतसमेत बन्दकी राखेर लगानी गरिन् । तर, धाम बनाउन कुनै ध्यान नै नदिएपछि निर्माण गर्नका लागि दबाब दिँदा आफूलाई निकालिएको उनको भनाई छ ।

‘धाम बनाउने नाममा कमाइखाने भाँडो बनाइयो, पवित्र उद्देश्य राखी घरखेत नै बन्दकी राखेर पैसा लगानी गरें, तर धर्मको नाममा ठगीको व्यापार भएको थाहा पाएपछि मैले पैसा फिर्ता मागेकी हुँ,’ ओझाले भनिन् ।

२०७० सालमा गुरु भट्टराईले व्यक्तिगत प्रयोजनका लागि भन्दै १२ लाख रुपियाँ ऋण लिएका थिए । पटक–पटक पैसा माग्दा नदिएपछि २०७४ पुस ३० गते असार मसान्तभित्र पैसा दिने तमसुक गरेका थिए। तर, उक्त पैसा अझैसम्म नपाएको पीडित ओझाले बताइन् ।

पैसा माग्दा उल्टै ज्यान मार्ने धम्की आएको आरोप लगाउँदै ओझाले न्यायका लागि प्रहरीमा उजुरी दिएकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...