उपत्यकाबाट १९ लाख यात्रु बाहिरिए, रित्तिन थाल्यो काठमाडौं

Bus dasai

काठमाडौ‌ । हिन्दू नेपालीहरूको महान् चाड विजयादशमी मनाउन आआफ्नो घर जाने यात्रुको संख्या दैनिक रूपमा वृद्धि भइरहेको छ ।

बजारमा किनमेलका लागि भीडभाड बढेको छ भने काठमाडौं उपत्यका छोड्ने यात्रुको संख्या पनि हरेक दिनजसो बढेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शुक्रबार १ लाख ५७ हजार ९५१ यात्रु दसैंका लागि बाहिरिएका छन् । त्यसभन्दा अघिल्लो दिन बिहीबार १ लाख १० हजार ३२७ जना यात्रु बाहिरिएका थिए ।

सरकारले ५ असोजदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खोलेको थियो । त्यस दिनदेखि शुक्रबारसम्म १८ लाख १३ हजार ६०१ यात्रुले उपत्यका छाडेको महाशाखा प्रमुख वसन्त पन्तले बताए । उनका अनुसार फूलपातीका दिनसम्म २० लाख यात्रु बाहिरनेछन् भने अष्टमीसम्म उपत्यका सुनसान हुनेछ ।

गत वर्ष दसैं मनाउन २४ लाखभन्दा बढी यात्रुले उपत्यका छाडेका थिए । ५ असोजदेखि शुक्रबारसम्म २ लाख ११ हजार ५६५ वटा सार्वजनिक सवारी बाहिरिएका छन् । त्यस्तै, उपत्यकाका विभिन्न स्थानका टिकट काउन्टरबाट कुल १ लाख ४२ हजार २४१ वटा टिकटको अग्रिम बुकिङ भएको छ । तर, अहिलेसम्म १९ लाखको हाराहारीमा यात्रुहरू बाहिरिएका छन् ।

अधिकांश यात्रुहरू अग्रिम टिकट बुकिङ नगरी आफ्नो घर जाने गरेका छन् । जसले गर्दा बढी भाडा लिने तथा टिकटमा कालोबजारी बढेको छ । कालोबजारी गर्ने सवारीहरूमा साना सवारीसाधन बढी रहेको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका प्रवक्ता गोकर्ण उपाध्यायका अनुसार बढी भाडा लिने ५० भन्दा बढी साना सवारीलाई कारबाही गरिएको छ । ती सवारीलाई २ देखि ५ हजारसम्म जरिमाना तथा कसुर हेरी रुट परमिट खारेज गर्ने व्यवस्था छ । विभागले सहज यात्राका लागि दैनिक अनुगमन गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...