शिविरले प्रतिकार गर्ने क्षमता बढायो

Sibir

धनगढी । धनगढीमा किशोरीहरुका लागि सञ्चालित आत्मरक्षा शिविर सम्पन्न भएको छ । शिविरले प्रतिकार गर्ने क्षमता बढाएको किशोरीहरुले बताएका छन् । दिनहुँ बलात्कार र महिला हिंसाका घटना बढ्न थालेको भन्दै राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालले महिलाहरुका लागि सञ्चालन गरेको ‘आत्मरक्षा शिविर’ सम्पन्न भएको हो ।

शिविर गत शनिवारदेखि शुरु भएको थियो । शिविरमा सुदूरपश्चिम प्रदेशका झण्डै १७ सय जना महिलाहरुको सहभागिता रहेका थियो ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र राष्ट्रिय गोजुरियो कराते दो संघको संयुक्त आयोजनामा सुरु भएको आत्मरक्षा शिविरले महिला हिंसा न्यूनीकरणमा टेवा पुर्याउने विश्वास पनि गरिएको छ ।

सुदुरपश्चिम प्रदेशबाट सुरु गरिएको आत्मरक्षा शिविर देश भरिनै सञ्चालन गरिने आयोजकले दाबी गरेको छ ।

प्रतिकृया दिनुहोस