जातीय भेदभाव विरुद्ध देशव्यापी अभियान चलाउँदै मानवअधिकार आयोग

National human rights commission

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि देशव्यापी अभियान चलाउने भएको छ ।

आयोगले सो अभियान सञ्चालन सिलसिलामा प्रादेशिक र राष्ट्रिय सम्मेलन सम्पन्न गरी प्रतिवेदन तयार गरेर कार्ययोजनासमेत तयार गरेको आयोगका निमित्त सचिव मुरारीप्रसाद खरेलले जानकारी दिए ।

सम्मेलन तयारीको क्रममा शुक्रबार आयोगले सरोकारवालासँग राय-सुझाव लिने उद्देश्यले छलफल गरेको छ । छलफलमा सहभागीबाट दलित समुदायका मानवअधिकारका विभिन्न विषयमा सम्मेलन केन्द्रित हुनुपर्ने तथा कानून कार्यान्वयन गर्ने निकायलाई सम्मेलनमा समावेश गर्नुपर्ने सुझाव दिएका थिए ।

त्यसैगरी, दलित र गैरदलित सबैको सहभागिता हुनुपर्ने, सम्मेलनबाट आएका विषयको सम्बन्धमा सरकारलाई सिफारिश गरी सकेपछि आयोगले स्थायी संयन्त्र निर्माण गरी कार्यान्वयनको लागि निरन्तर पहल गर्नुपर्नेलगायत सुझाव दिएका थिए ।

राष्ट्रिय दलित आयोग र दलित गैरसरकारी संस्था महासङ्घ समेतसँग आयोगले यसअघि नै परामर्श गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...