एआईजी बस्नेत नेतृत्वको टोली कञ्चनपुरमा

Ai ji basneta mnrjpg

महेन्द्रनगर । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्या सम्बन्धमा छानविन गर्न गठित एआईजी धिरु बस्नेत नेतृत्वको टोली कञ्चनपुर पुगेको छ ।

घटनाको छानविनका लागि प्रहरी प्रधान कार्यालयले गत ३१ भदौमा एआईजी धिरु बस्नेतको नेतृत्वमा चार सदस्यीय टोली गठन गरेको थियो । समिति गठन हुँदा डीआईजी रहेका बस्नेत अहिले एआईजीमा बढुवा भएका छन् ।

यसअघि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानविन समितिले सरकारलाई आफ्नो प्रतिवेदन बुझाइसकेको छ । त्यस्तै, एसपी दुर्गा सिंह पनि छानविनका लागि भन्दै कञ्चनपुर गएकी छन् ।

निर्मला हत्याकाण्डमा प्रहरीले नै प्रमाण नष्ट गरेको स्थानीयको आरोप पश्चात् थप अनुसन्धानका लागि नेपाल प्रहरीले गठन गरेको टोली शुक्रवार कञ्चनपुर पुगेको हो । कञ्चनपुर पुगेसँगै टोलीले प्रमुख जिल्ला अधिकारी (सिडियो)सँग भेटघाट गरेका छन् । यस्तै, निर्मलाको लास भेटिएको स्थानको पनि टोलीले अवलोकन गरेको छ ।

टोलीले शनिवार स्थानीय सरोकारवालासँग भेटघाट तथा परामर्श गर्ने कार्यक्रम रहेको छ ।
गत १० साउनमा ‘होमवर्क’ गर्न साथी रोशनी बमको घर गएकी भीमदत्त नगरपालिका २ कि निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको अवस्थामा अर्कोदिन (साउन ११)गते उखुवारीमा शव भेटिएको थियो । घटना घटेको दुई महिना भन्दा बढी समय भइसक्दा समेत हत्यारा पहिचान हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...