आमरण अनशनकै क्रममा जीडीको निधन, मोदीले दिए श्रद्धाञ्जलि

Ansan....

काठमाडौं । भारतमा गंगा नदीको स्वच्छता र रक्षा अभियानमा सक्रिय पर्यावरणविद जीडी अग्रवाल (स्वामी सानन्द) को निधन भएको छ ।

विगत ११२ दिनदेखि आमरण अनशन बसेका उनको अनशनकै क्रममा निधन भएको छ । उनले गत बुधबारदेखि जलसमेत त्यागेका थिए । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमै उनको निधन भएको हो ।

गंगाको स्वच्छताका लागि उनले बारम्बार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष गुहार मागेका थिए । कयौं पटक उनले पत्रमार्फत मोदीको ध्यानाकर्षण गराए । आफ्ना माग सुनुवाई नभएको भन्दै उनी अनशन बसेका थिए ।

उनले गंगा नदीमा विद्युत परियोजना सञ्चालन गर्ने सरकारी योजनाको विरोध गर्दै आएका थिए । उनका माग पुरा नगरेका मोदीले निधनमा भने दुःख व्यक्त गरेका छन् ।

ट्वीट गर्दै उनले लेखेका छन्, ‘श्री जीडी अग्रवालजीको निधनबाट दुःखी छु । शिक्षा, पर्यावरण, विशेष रुपमा गंगाको सफाईका दिशामा उहाँको लगाव सदैव याद गरिनेछ, मेरो श्रद्धाञ्जलि ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...