गस्तीवाला वडा अध्यक्ष, जो राती बजारमा गस्ती गर्छन्

Sobit niraula

धनकुटा । धनकुटाको एक रमणीय स्थल हो पाख्रिबास । पाख्रिबास कृषी केन्द्र यही छ । कृषि तथा बन बिज्ञान विश्व विद्यालयअन्तर्गत पाख्रीबास कृषि क्याम्पस यही छ ।

हावापानीका दृष्टिले यहाँ बस्न अति नै योग्य मानिन्छ । यही पाख्रिवासका स्थायी बासिन्दा हुन् सोबित निरौला । उनी नपत्याउने खोला हुन् । जसलाई हेर्दा पत्याउन सकिँदैन, तर व्यवहारमा उनी पत्याउने खोला हुन् र बनेका छन् ।

उनी धनकुटा जिल्लाको पाख्रिबास नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष हुन् । गत स्थानीय तहको निर्वाचनमा उनले ४ सय ३५ मत पाएर विजयी बने । त्यतिबेला उनका प्रतिद्धन्द्धी थिए नेपाली कांग्रेसका भक्तबहादुर गुरुङ । गुरुङले २ सय ७८ मत मात्रै ल्याए ।

उनको वडा बजार क्षेत्र हो । नगरपालिकाकै सेन्टर प्वायन्ट पनि हो । तर उनको घर चाँही बजार क्षेत्रभन्दा टाढै पर्छ । उनीभन्दा निक्कै परिपक्क मानिन्थे गुरुङ । त्यसमा पनि बजार क्षेत्रमा गुरुङ समुदायको बाक्लो उपस्थिती छ । त्यसबेला गुरुङको मत गुरुङलाई भनेर चर्चा चलाइयो ।

त्यसरी चर्चा चल्दा सोबित निरौलाले हार्लान् कि भन्ने धेरैले शंका गरेका थिए । तर, पाख्रिबास नगरपालिकाका सबै पदमा तत्कालीन नेकपा एमालेका उम्मेदवार विजयी बने । विजयी हुनेमा उनी पनि थिए ।

गस्तीवाला वडाध्यक्ष
अहिले चाडबाडको समय छ । बजार क्षेत्र पनि हो । त्यसै पनि चहलपहल भइरहन्छ । यस्तो बेला सुरक्षा सतर्कता जरुरी रहन्छ नै । त्यसको काम गर्ने जिम्मेवारी इलाका प्रहरी कार्यालयको हो ।

तर, पत्याउनै नसकिने गरी वडा अध्यक्ष आफैं बजारको गस्ती गर्छन् । उनी साँझ परेपछि सुटुक्क बजार पस्छन् । शान्ति सुरक्षाको अवलोकन गर्छन् । कुनै समस्या आए आफैँ हल गर्छन् । नसके इलाका प्रहरी कार्यालयसँग गुहार माग्छन् । यो क्रम झण्डै दुई महिनादेखि चलिरहेको छ ।

उनी विहान र साँझ पाख्रिबास बजार घुम्छन् । त्यसरी बजार घुम्नुको एउटै मात्रै उदेश्य भनेको आफ्नो वडामा शान्ति सुरक्षा कायम गराउने हो । के उनी वडा अध्यक्ष हुनुभन्दा अघि बजारमा अशान्ति थियो त ? त्यो पनि होइन ।

मात्र उनले चाडबाडको समयमा कुनै अप्रिय घटना नहोस् भनने चाहेका छन् । बजार क्षेत्रलाई सभ्य र सुरक्षित क्षेत्र बनाउन चाहेका छन् । उनको यो मिसनलाई बजारबासीले साथ दिइरहेका छन् । जसले उनको यो अभियानलाई सफल बनाउन मद्यत गरेको छ ।

गस्ती गर्दाको फाइदा
उनी सुरुसुरुमा राती राति बजार घुम्दा सबैले किन हिड्छ भनेर खोजेनन् पनि । कुन काम होला भन्ने पनि सोचे । तर, क्रमसः कुलतमा फसेकाहरुलाई समाउँदै प्रहरीको जिम्मा लगाउन थालेपछि मात्रै बजारबासीले उनी राति राति हिड्नुको कारण थाहा पाए ।

उनले यो अभियान सुरु गर्दा साँझ परेपछि सुटुक्क केहीबेर भट्टी पसलमा छिर्थे । कुरा सुन्थे अनि सुटुक्क निस्किएर हिड्थे । यो क्रम केही दिन चल्यो । त्यसपछि उनले भट्टी पसलमा पुगेर सम्झाउन थाले ।

खाएर होहल्ला गर्नेलाई थर्काउन थाले । त्यति मात्रै होइन, उनले आफैँलाई निर्वाचनका बेला भोट दिएर जिताएको र जिताउन सहयोग गर्ने युवालाई पनि कष्टडीमा कोचे । यसो गर्दा कहिले काहीँ गाली पनि खाए र ताली पनि ।

‘मैले बजारको अवस्था राम्रो होस् भनेर बजार अनुगमन गर्न थालेको हुँ’ उनले भने, ‘जनताले दुःख नपाउन् भन्ने मेरो उदेश्य हो ।’ उनीले बजार गस्ती गर्न थालेपछि थालेपछि अहिले बजार शान्त बन्न थालेको छ ।

मेयरका प्रतिद्धन्द्धी
उनी उमेरले ३७ वर्षका मात्रै भए । उनी कलिलै उमेरमा विदेश पनि गए । विदेशी भुमीमा पनि अनेक हण्डर खाए । अधिकारका लागि विदेशी भुमिमै कानुनी लडाई पनि लडे । जसको भोगाईले अहिले उनलाई सजिलो बनाएको छ ।

उनीमा तातो रगत छ । काम गर्ने जोस र जाँगर पनि छ । उनी आफ्नो मात्रै होइन, अन्य वडामा पनि उत्तिकै काम गर्छन् । उनी जनताको काममा कहिले नाइनास्ती गर्दैनन् । उनी सकभर १० वटै वडामा पुगेर जनताको सेवा गर्ने कोसिस गर्छन् ।

उनलाई अहिले सबैले मनकारी वडा अध्यक्ष पनि भन्न थालेका छन् । आफुले पाउँदै आएको बैठक भत्ता पनि आपत विपतमा परेकाको सहयोगमै खर्च गर्छन् ।

आजभोली त उनलाई पाख्रिबास नगरपालिकामा मेयरका प्रतिद्धन्द्धी पनि भन्ने गरिन्छ । उनी विकासे कामका लागि मेयर बृखबहादुर राईसँग झगडा गर्छन् । कहिलेकाहीँ त पारदर्शीताको कुरालाई लिएर टेवल ठोकाठोक नै गर्छन् ।

‘म हिम्मत हार्ने व्यक्ति होइन’ उनले भने, ‘पदीय हिसावमा मेयर सावलाई मान्छु । तर, सही काममा उहाँसँग प्रतिष्पर्धा गर्न म सक्षम छु ।’ उनका कतिपय गुनासा पनि छन्, जो सबै सार्वजनिक गर्न पनि मिल्दैन । तर, उनले आफुले चाहेर पनि नगरपालिकाबाट बजारको विकासमा सहयोग नपाएको बताउँछन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...