अज्ञात बन्दुकधारीले गरे यूवा अर्बपतिको अपहरण

Yuwa photo

अफ्रिका । अफ्रिकाका एक युवा अरबपतिको बिहिबार अज्ञात बन्दुकधारीले अपहरण गरेका छन् । तंजानियाको आर्थिक राजधानी दार ए सलामबाट ४३ वर्षीय मोहम्मद द्यूजीलाई ती अज्ञात बन्दुकधारीले होटेलमा घुसेर अपहरण गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

द्युजी मेटल ग्रुपका प्रमुख हुन् । उनको कम्पनी १० देशसम्म सञ्चालित रहेका छन् । त्यहाँको सरकारले पत्रकारलाई दिएको जानकारी अनुसार ‘द्यूजलाई दुईवटा गाडीमा आएका गोरा यूवकले अपहरण गरेका हुन् ।’ यस्तो घटना तंजानियामा पहिलो पटक भएको हो ।

त्यहाँको पुलिसले यस घटनामा विदेशी शक्तिको हात भएको शंका गरेको छ । प्रहरीले बताए अनुसार द्यूजलाई कारमा हाल्नु अगाडि ती बन्दुकधारीले हवाई फायर गरेका थिए । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । केहीलाई गिरफ्तार गरेको आशंकामा पक्राउ समेत गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...