किरण विष्ट भन्छन्, निर्मला पन्तको घटनामा मेरो कुनै संलग्नता छैन

Kiranraj bist

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । निर्मला पन्तको हत्यापछि न्यायका लागि पटकपटक आन्दोलन भइरहेको छ । तर पनि निर्मला पन्तको सो घटनामा संलग्नको पहिचान हुन सकिरहेको छैन ।

आखिर किन त ? के साच्चै निर्मला पन्तका हत्यारा पत्ता लाग्दैन त ? यस्ता प्रश्न जनमानसमा उठिरहेका छन् र त्यो स्वभाविक पनि हो । किनकी एउटी अबोध बालिकाको बलात्कारपछि हत्या भएको छ ।

निर्मला पन्तको बलात्कारपछि हत्या हुनुमा आन्दोलनको भीडले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको संलग्नताको आरोप लगायो । उनी अहिले निलम्बनमा परेका छन् । उनीमाथि अहिले पनि अनुसन्धान भइरहेको छ ।

सो घटनामा उनका छोरो किरणराज विष्टको पनि संलग्नता रहेको आरोप लाग्यो । आन्दोलनले उनको डिएनए परिक्षण गर्न दबाब दियो । र, परिक्षण पनि भयो । सो परिक्षणले निर्माला पन्तको बलात्कारपछि हत्या हुनुमा उनको संलग्नता नभएको देखायो ।

उनी अहिले १९ वर्षका भए । उनी फोटोग्राफी गर्छन् । उनी जेठ महिनादेखि कञ्चनपुरमा बस्दै आएका थिए । उनी कञ्चनपुर बस्नुको एउटै मात्र कारण भनेको सत्रै नगरपालिकाको वृत्तचित्र बनाउनु थियो । उनले सबै नगरपालिकाका वृत्तचित्र बनाउन प्रस्तावना पनि पेश गरिसकेका थिए । तर स्वीकृत चाँही भएको छैन ।

जिल्लाको राम्रो वृत्तचित्र बनाउन लागेका थिए उनी । साउन १० मा निर्मला पन्तको बलात्कारपछि हत्या भयो । तर, दुर्भाग्य, सोही दिन उनले कञ्चनपुरको सुविधासम्पन्न भनिएको होटल ओपेरामा फेसन फोटो सुट गर्दै थिए । सो दिन फोटो सुट सकेर नास्ता खाए ।

निर्मला पन्तको हत्यापछि न्यायका लागि चलेको आन्दोलनले उनलाई पनि दोशी देखायो । तर, परिक्षणले उनलाई दोशी देखाएको छैन । अहिले उनी आफुँ अन्यायमा परेको बताउँदै आएका छन् ।

बिहीबार उनी निशान न्युजको सम्पर्कमा आए । उनले सो घटनामा कुनै पनि हातमा संलग्नता नरहेको बताए । तर, पछिल्ला केही समयमा विभिन्न सञ्चारमाध्यममा आफुप्रति आएका समाचारले दुःखी बनाएको बताउँछन् । उनले निशान न्युजसँग यसरी आफ्नो पीडा पोखे ।

यसरी डेराबाटै निकालिए
उनी काठमाडौंको तिनकुनेमा ४ वर्षदेखि डेरा बस्दै आएका थिए । तर, जब निर्मला पन्तको बलात्कारपछि हत्या भयो, सो प्रकरणमा किरण पनि मुछिए । पत्रपत्रिका र सामाजिक सञ्जालहरुमा भाइरल बन्यो । उनका घरबेटीले पनि थाहा पाए ।

त्यो दिनभन्दा अघिसम्म घरबेटीले केही भनेका थिएनन् । तर, निर्मलाको सो घटनापछि घरबेटीले दबाब दिन थाले । घरबेटीले ‘मिडियामा यस्तो आयो । हामीलाई गाह्रो हुन्छ’ भन्न थाले । त्यसपछि ४ वर्षदेखि बस्दै आएको डेरा फेरे ।

मैले कसैलाई चिनेको छैन
निर्मला पन्तको हत्यापछि मेरो संलग्नता छ भनियो । बबिता बम दिदीबहिनीसँग मेरो चिनजान भएको हल्ला फिजाइयो । तर, मैले न निर्मला पन्तलाई चिनेको थिएँ न पहिले मैले मेयरका भतिजा आयुश बिष्टलाई चिनेको थिएँ । आयुसलाई त मैले डिएनए टेष्टका लागि काठमाडौं ल्याउने बेला प्लेनमा भेट भयो । र अर्काेपटक भनेको डिएनए टेष्ट गर्ने दिन मात्रै भेटेको हुँ ।

मैले कसैलाई नचिन्दा पनि विभिन्न कुराहरु आयो । मैले कहिले नदेखेको, नचिनेको र नभेटेको साथै कुनै पनि सम्बन्ध नरहेको स्पष्ट पार्न चाहन्छु । साथै सो कुरा मेरो कल डिटेल, उक्त दिनको लोकेसनले पनि मेरो कुनै सम्पर्क र सम्बन्ध नभएको भनि अनुसन्धानबाट समेत पुष्टी भइसकेको छ ।

म अन्यायमा परेँ
राष्ट्रिय मानव अधिकार आयोग र उच्च स्तरीय छानबिन समितिले प्रतिवेदन तयार पा¥यो । त्यसमा सायद जिल्लामा धेरैसँग सोधपुछ ग¥यो होला । तर, मसँग कसैले पनि यो विषयमा सोध्ने काम गरेनन् ।

मलगायत मेरो परिवार र उक्त दिनमा मसँग कार्यक्रममा सहभागी रहेका व्यक्तिहरु कसैसँग पनि सोधपुछ तथा नबुझी नै एक पक्षीय रुपमा आयोग र उच्चस्तरीय छानविन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गरिएछ । के यसमा यसमा मेरो मानव अधिकारको किन अटाएन ? यसले के मेरो मानव अधिकारको हनन् भएको छैन र ?

हो म निर्मला बहिनीको घटनाले अन्यत्नै दुःखित भएको छु । उनले न्याय पाउनुपर्छ । म पनि उनको न्यायको पक्षमा छु । तर, उनको न्याय खोजिरहँदा म आफैँ अन्यायमा परेँ । म अन्यायमा परेको कसैले सुनिदिनु भएको छैन ।

निर्मला पन्त बहिनीको न्याय दिलाउनका लागि अनुसन्धान कार्यमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहेको छ र रहिरहने छ । तर सहयोग गर्दा गर्दै पनि केही व्यक्तिहरुले सुनियोजित रुपमा मलाई र मेरो परिवारलाई गम्भीर तनाव र पीडा हुनेगरी चरित्र हत्या हुने कार्य भइरहेको छ ।

म जस्तो एउटा निर्दोष नागरिकलाई स्वतन्त्र रुपमा बाच्न पाउने अधिकार यो देशमा छ भने मलाई अनाहकमा सामाजिक संजालबाट यस्तो मानसिक यातना किन ? निर्मला पन्तको विषयमा समाचारको आधिकारिकता पुष्टि नगरी विभिन्न सञ्चार माध्यम र सामाजिक संजालहरुमा प्रकाशन र प्रसारण भइरहेका छन् । यसले म र मेरो चरित्रलाई नकारात्मक असर पारेको छ । यसमा म धेरै दुःखित बनेको छु ।

यदि सो घटनामा मेरो कुनै प्रकारको संलग्नता देखिए म जस्तासुकै कारवाही भोग्न पनि तयार छु । तर, विभिन्न सञ्चार माध्यमहरुमा आइरहेका समाचारहरुले मेरो मानमर्दन भएको छ । अतः म पनि नेपाली नागरिक भएको र नेपाली नागरिक भएको नाताले मैले पाउने मानवअधिकार कै हनन् भइरहेको छ । मलाई आशा छ कि म निर्दाेश हुँदा हुँदै जुन किसिमले पीडा पाइरहेको छु, पक्कै पनि मैले बिर्सने त छैन ।

प्रतिकृया दिनुहोस