१३ जना मानिस खाने बाघ समात्न यस्तो कुकुर परिचालन

Dogggg

भारत । भारतको महाराष्ट्रमा पर्ने यवतमाल र पाढरकावडा क्षेत्र एक नरभक्षी बघिनी ९मादा टाइगर०का कारण चिन्तित छ । ‘टी १’ नामको यो बघिनीले पछिल्लो केही दिनभित्र यस क्षेत्रका १३ मानिस र कयौं जनावरहरु मारिसकेको छ बताइएको छ ।

यो बघिनीलाई समात्न वन विभागले प्रयास गरिरहेको छ तर पनि सफलता पाउन सकेको छैन । वन रेन्जरहरु यसलाई नियन्त्रणमा लिनका लागि दिनरात प्रयास गरिरहेका छन् ।

प्रशासनले बघिनी समात्न गएको सोमबार एक थप विकल्प अघि सारेको छ । बघिनीको शिकार गर्न ‘केन कोरसो’ प्रजातिको दुई कुकुर परिचालन गरिएको छ । यो कुकुरालाई शिकारी कुकुर मानिन्छ ।

भारतीय पत्रिका टाइम्स अफ इन्डियका अनुसार ‘टी १’ बघिनीको शिकार गर्न प्रयोग गर्न लागिएको कुकुर हैदरावाद निवासी सार्पसुटर नवाब शफथ अलि खानको हो ।

/uploads/Vadau/Ashoj/dogiii.jpgयो कुकुर किन ?
केन कोरसो निक्कै पुरानो जातको इटालियन कुकुर हो । यसलाई सम्पतीको सुरक्षा गर्न र जंगली भालुको शिकारको लागि विकास गरिएको हो ।

यो नश्लको कुकुर निक्कै बलियो हुन्छ र यो बाघसँग पनि डराउँदैन । इतिहासलाई हेर्ने हो भने यसले रात्रीकालिन चौकिदारको भूमिका निभाउँछन् ।

अमेरिकन केनेल क्लबका अनुसार यो कुकुरको उचाई २५ देखि २८ इन्च हुन्छ र जीवनकाल ९–१२ वर्षको हुन्छ । ४५–५० किलो सम्म वजन हुने यो कुकुरको टाउको निक्कै ठूलो हुन्छ । यो कुकुर फुर्तिलो, तालिम दिन योग्य, निडर हुने गर्दछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

राधेराधेमा खुल्यो गोर्खा इको प्यानलको मुख्य कार्यालय

Gorkga eko

भक्तपुर । इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिको केन्द्रिय कार्यालय भक्तपुरको राधेराधे नजिकै स्...